Birat Post बिहिबार, कार्तिक ०१, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं , १ कार्तिक ।  विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारि समितिले संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहलाई राहतको रुपमा रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

बिहीबार बसेको बैठकले २० वटा जिल्लाका ७१ वटा संकटग्रस्त स्थानीय तहलाई क्षतीको आधारमा रकम वितरण गर्ने निर्णय गरेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव बसन्त अधिकारीले जानकारी दिएका छन् ।

उनले भने, ‘यो बैठकको मुख्य विषय भनेको नेपाल सरकारले असोज २१ गते राजपत्रमा सूचना प्रकाशित गरेर विभिन्न २० वटा जिल्लाका ७१ वटा स्थानिय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरियो । संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहलाई रहातको रुपमा केही रकमहरु उपलब्ध गराउने निर्णय गरिएको छ । कुल ७१ वटा स्थानिय तहलाई त्यहाँ भएको क्षतीको आकलन गरेका छौं ।

त्यसको लागि तीन वटा तहमा स्थानिय तहलाई विभाजन गर्यौं । त्यसमा पहिलो तहका ९ वटा स्थानीय तहहरुलाई १ करोडको दरले, दोस्रो तहका १२ वटा स्थानिय तहलाई ७५ लाखको दरले र तेस्रो तहका ५० वटा स्थानीय तहलाई ५० लाखको दरले रकम उपलब्ध गराउने निर्णय भएको छ ।’ ती स्थानीय तहहरुले खर्च गर्ने क्रममा सामान्य खालको सरल प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्थाहरु पनि राखिएको उनले बताए ।

यस्तै, उनले शुक्रबार बस्दै गरेको विपद् जोखिम न्यूनिकरण सम्बन्धी राष्ट्रिय परिषद्को बैठकमा उद्धार कार्यलाई थप प्रभावकारी बनाउनका लागि थप संख्यामा हेलिकप्टर र आवश्यक उपकरणको व्यवस्थापनको लागि सिफारिस गर्ने निर्णय भएको पनि बताए । उनले भने, ‘विपद् तथा खोज उद्धार कार्यलाई थप प्रभावकारी बनाउनका लागि थप संख्यामा हेलिकप्टर चाहिएको विषय अहिले पनि महशुस गर्यौं, यसैगरी उद्धार कार्यमा चाहिने उपकरणको लागि पनि व्यवस्थापन हुन भोलि बस्दै गरेको विपद् जोखिम न्यूनिकरण सम्बन्धी राष्ट्रिय परिषद्को बैठकमा सिफारिस गर्ने निर्णय पनि भएको छ ।’

यसको साथै, उनले विपद्जन्य घटनामा मनसुन सुरु भएपछि मृत्यु भएका परिवारका एकजना सदस्यको बिमा सरकारले गर्ने र पश्चिम नेपालमा एक वर्ष अगाडि गएको भूकम्प पश्चात पुन निर्माणको कार्यलाई तिव्रता दिने विषयमा पनि निर्णयहरु भएका बताए।

उनले भने, ‘मनसुन सुरु भएपछि जेठ २८ बाट असोज २६ सम्ममा जति पनि विपद्जन्य घटनामा मनसुन सुरु भएपछि मृत्यु भएका परिवारका एकजना सदस्यको बिमा नेपाल सरकारले गर्ने हिसाबले पनि सिफारिस गरिएको छ । पश्चिम नेपालमा एक वर्ष अगाडि जाजरकोट, बजाङ्, बाजुर र डोटीमा गएको भूकम्प पश्चात त्यहाँको पुन निर्माणको कार्यलाई तिव्रता दिने विषयमा पनि केही निर्णयहरु भएका छन् ।’
पहिला र अहिले भएको विपद्का घटनाको खोजी कार्यमा निजी क्षेत्रको संलग्नतालाई उच्च कदर गर्दै अबको बैठकमा उनीहरुलाई पनि आमन्त्रित गर्ने निर्णय भएको पनि उनको भनाई छ ।

 

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल