Birat Post बिहिबार, आश्विन १७, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१७ असोज / नेपाल झागड उराव कोड्रेम सुधार समिति विराटनगरले कर्मा-धर्मा पूजा कार्यक्रम सम्पन्न गरेको छ । विराटनगर-४ स्थित इक्राइ बनलौरीमा बुधबार विभिन्न धार्मिक तथा सास्कृतिक कार्यक्रम गरिएको थियो । समितिका अध्यक्ष हरी उराँवको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली प्रमुख अतिथिकारुपमा सहभागी भएका थिए ।

कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य पराजुलीले झागड,उराव समुदाय अहिले पनि शिक्षा,स्वास्थ्य तथा अन्य आधारभूत आवस्यकतावाट बन्चित रहदै आएको भन्दै राज्यतहवाटै समस्याको समाधान हुनुपर्नेमा जोड दिए । उनले समुदाय स्तरमै गएर राज्यले डाटा लिने र सोही अनुरुपको व्यवस्थापन गर्न सके मात्रै अधिकारका हरेक पक्षहरु सवल बन्ने बताए । झागड,उराव समुदायले विराटनगरमा भएका हरेक कार्यक्रममा आफ्नो सांस्कृतिक प्रस्तुती दिएको आफुले देखेको भन्दै पराजुलीले प्रशंसा समेत गरेका थिए । अधिकार प्राप्तिका लागि मागेर नपाए संघर्ष गरेर भएपनि राज्यसंग लिन पराजुलीले आग्रह गरे ।

कार्यक्रममा नेपाल उराव संघका केन्द्रीय सभापति तथा संविधानसभा सदस्य सूर्यदेव उराव, नेकपा एमालेका युवा नेता सागर थापा,नेपाली कांग्रेसका युवा नेता विनायक पन्त,आदीवासी जनजाती महासंकघका केन्द्रीय उपाध्यक्ष ध्यानी उराव ,सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका उपाध्यक्ष सुनिता उराव,समाजेवी ध्रुव उराव,सुरेन्द्र उराव,नेपाल झागड उराव सुधार समितिका अध्यक्ष गोविन्द उराव,सुनसरी अधयक्ष राजु उराव,झागड उराव राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय अध्यक्ष रामलखन उराव,आदीवासी जनजाती महसंघ विराटनगरका अध्यक्ष सुरेश गनगाई लगायतले आ-आफ्ना धारणा व्यक्त गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल