दुहवी,१७ असोज । दुहवी नगरपालिकाले बहुउद्धेशिय भवन बनाउने भएको छ । दुहवी नगरपालिका वार्ड ५मा रहेको आफनै जमिनमा ५ तल्ले भवन बनाउन लागेको हो । २० करोड २ लाख ८७ हजार ९७ रुपैया ७४ पैसा भ्याट र कन्टीजेन्सी चार्ज सहित उक्त भवन २०८३ असोज १० गते सम्पन्न गरि सक्नुपर्ने छ ।
उक्त भवन सम्पन्न भएपछी व्यापारिले कोठा भाडामा लिई व्यापार गर्ने र दुहबी बजार नै चलायमान हुनुका साथै दुहवी नगरपालिकाको आम्दानीको स्रोत समेत बृद्धि हुने भएको छ । दुहबी नगरपालिकाका नगर प्रमुख वेद नारायण गच्छदारले नव निर्मित व्यापारिक भवनको शिलान्यास गर्दै दुहवी नगरपालिकालाई सुधारिएको नगरपालिकाको रुपमा स्थापित गर्न यो व्यापारिक भवनले महत्वपुर्ण योगदान पुर्याउने वताए ।
व्यापारिक भवन टि. डि. एफ परियोजनाले लगानि गरेको छ । उक्त परियोजना ल्याउनको लागी निकै सघर्ष गर्नुपरेको नगर प्रमुख गच्छदारले वताए । यस्तै दुहवी नगरपालिकाको उप प्रमुख मेनुका पोखरेल खतिवडाले स्वागत गर्दै सुविधासम्पन्न भवन निर्माण हुन लागेको भन्दै खुसी व्यक्त गरिन् । कार्यक्रममा दुहवी नगरपालिका वार्ड ५ का वडा अध्यक्ष रमेश रौनियार , दलका प्रतिनिधि , हैदर अलि , विजय चौधरी लगायतको सहभागिता रहेको थियो ।