सर्लाही, १० असोज । सर्लाही जिल्लाको हरिपूर्वामा गएराति एक व्यक्तिले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । २३ वर्षकी चित्रलेखा यादवको आफ्नै श्रीमान्ले गोली हानी हत्या गरेका छन् ।
वैदेशिक रोजगारीमा रहेका उनी केहीदिन अगाडिमात्रै घर आएका थिए । उनले श्रीमतीसँग विवाद गरी गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए। घटनामा संलग्न युवकले विवादमा छुट्याउन गएका आफ्नै बुवा ५४ वर्षका रामदिनेश यादवलाई पनि गोली हानेर घाइते बनाएको प्रहरीले जनाएको छ ।