झापा,९ असोज । ट्रक आगजनीमा संलग्न भएको आरोपमा दुर्गा प्रसाईंका थप ७ जना समर्थकलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई झापा कनकाईको लक्ष्मीपुर क्षेत्रबाट गएराति प्रहरीले पक्राउ गरेको हो।
असोज ६ गते बिरिङ पुल र बुट्टावारीमा दुईवटा भारतीय ट्रकमा भएको आगजनीमा संलग्न भएको आशंकामा उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रकाश विष्टले बताए। पक्राउ पर्नेहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन।