Birat Post बिहिबार, आश्विन ०३, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं, ३ असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिलेको संविधान बाहिर हेर्दा नेपालको संविधान भनिएपनि अन्तर्यमा हेर्दा यो दलाल, भगौडा र विदेशीहरुको पक्षपोषण गर्ने संविधान भएको आरोप लगाएका छन् ।

आज (बिहीबार) आम जनता पार्टीको भातृ संगठन आईटी आर्मीले आयोजना गरेको ‘नेपालको संविधानः समाधान कि समस्या’ विषयक अन्तरक्रियालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै पूर्वमन्त्री साहले अहिलेको संविधानले नेपाली जनताको भाग्य र भविष्य नबनाउने दाबी गर्दै यसको खारेजी गरिनुपर्ने आवश्यकत्ता औंल्याए ।

उनले भने,‘यो संविधानले नेपाली जनताको पक्षपोषण गर्दैन् । यसले नेपाली जनताको भाग्य र भविष्यलाई उज्जवल गर्दैन् । यसले नेपाललाई बर्बादमात्रै गर्नेछ भन्ने कुरा यो १० वर्षको घट्नाक्रमले पुष्टि गरिसकेको छ । हामीले पनि हेरिसकेका छौं । कसैले भुलवश यो नेपालको संविधान र नेपालको सरकार नेपालीकै हो भन्ने भ्रममा हुनुहुन्छ भने आजैबाट त्यो भ्रम हटाईदिन आग्रह गर्न चाहन्छु । कसैले नेपालकै सरकार हो भन्यो भने म त्यसलाई सोध्न चाहन्छु–अहिलेको प्रधानमन्त्री केपी ओलीजीसँग सोध्न चाहन्छु–साँच्चै तपाईं नेपालकै प्रधानमन्त्री हो ? नेपाली जनताकै प्रधानमन्त्री हो ? तपाईंको जिउमा नेपालीकै रगत र पसिना छ, यदि छ भने जसले नेपालको नागरिकता त्यागे, उनीहरुको पैत्तिक सम्पत्ति कहाँ छ ? त्यो सोध्न चाहन्छु । हेक्टर हेक्टरका जग्गा बेचेर नेपालीहरुले पैसा अमेरिका, अष्ट्रेलिया लैजान मिल्छ कि मिल्दैन् ? नेपालीहरुको भूभाग, जमिन, पूर्वजले आर्जिएको जमिन अमेरिका लैजान मिल्छ ? म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु तपाईं साँच्चै नेपाल र नेपालीहरुको प्रधानमन्त्री हो भने ती सम्पत्ति कहाँ छन् ? त्यसको जवाफ दिनुहोस । नेपाली जनता जान्न चाहन्छन् ।’ श्रमिकहरुले पठाएको रेमिट्यान्स कहाँ छ भनेरपनि उनले अहिलका शासकलाई सोधे ।

नेपालको अर्थतन्त्र धराशयी भएको र नेपालीहरुलाई विदेशमा कमाउने र विदेशमा नै आश्रित हुने बनाईएको भन्दै उनले आक्रोश पोखे । उनले भने,‘यहाँ ज्ञानेन्द्र शाहीजीले जुम्लाको स्याउको कुरा गर्नुभयो, अलिक माथि उठ्नुपर्यो । नेपालका सबै उत्पादन धराशयही बनाईयो । अनि विदेशी वस्तुमा निर्भर गरियो, किनकी यहाँको सरकार विदेशीको पक्षपोषण गर्ने छ । दलाल र भगौडाहरुको पक्षपोषण गर्नेछ । यसमा कहीँ कतै द्धिविधा नहोस भनेर म भन्छु । अहिले नेपालमा त नेपाली पोशाक, टोपी लगाउने अनि काम चाहीँ विदेशीको गर्ने भएको छ । यो छद्यमभेषी राजनीतिबाट बाहिर आउनुपर्छ ।’

पूर्वमन्त्री साहले अहिलेको संविधान स्वरूपमा खिचडी चरित्रको भएको दाबी गरे । उनले भने,‘अहिलेको संविधानको प्रवृत्ति र चरित्र लुटकारी छ । यो संविधानले नेपाली जनताको पक्षपोषण गर्दैन, यसले नेपाली जनताको होईन, विदेशीहरुको पक्षपोषण गरेको छ । यहाँ विदेशी ईन्ट्रेष्टमा काम हुन्छ । प्रभु साह पूर्वाग्रहमा बोलिरहेको छैन् । म कुनै आग्रह वा पूवाग्रहमा हिँड्ने मान्छे पनि होईन । यो संविधान र व्यवस्थाको लागि मैले ठूला ठूला लडाईं लडेको छु ।’

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल