काठमाडौँ ,२ असोज ।
काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा मंगलबारदेखि शुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय परिषद्को राष्ट्रिय भेला आज पनि जारी रहने भएको छ । आज सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्ने तयारी भएको छ । यस्तै, आजको भेलाले पार्टीको राष्ट्रिय अभियान घोषणा तथा प्रथम महाधिवेशनको मिति तय गर्ने जनाइएको छ ।
आज भेलामा प्रस्तुत हुने सबै प्रतिवेदन र प्रस्तावउपर समूहगत छलफल हुने बताइएको छ । यस्तै आज प्रश्नोत्तरका लागि तीन घण्टा समय छुट्याइएको छ । सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै भेला सम्पन्न हुनेछ । हिजो कार्यबाहक महामन्त्री एवं सङ्गठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए । भेलामा देशभरबाट एक हजार ५०० बढी प्रतिनिधि सहभागी छन् ।