Birat Post बिहिबार, भाद्र २७, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२७ भदौ / प्राथमिक उपचार दिवसका अवसरमा रोट्रयाक्क क्लब अफ विराटनगर सेन्ट्रलले कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । विराटनगर महानगरपालिकाको सभाहलमा आयोजित प्राथमिक उपचार कार्यशालाको मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । विराटनगरका आदर्श, सरस्वती र महेन्द्र माविका विद्यार्थीलाई सहभागी गराएर आयोजना गरेको कार्यशालामा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजीव श्रेष्ठ, डा. रोशन खड्का, डा. राजन राई र स्वास्थ्यकर्मी गजेन्द्र यादवले विद्यार्थीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

उहाँहरुले पानीमा डुब्दा, सर्पले टोक्दा, आगोले पोल्दा, दुर्घटनामा परी घाइते र हृदयघात हुँदालगायतका अवस्थामा तत्कालै कसरी प्राथमिक उपचार गर्ने भन्ने विषयमा जानकारी गराउनुभएको थियो । प्रमुख वक्ता डा. श्रेष्ठले तत्कालै चिकित्सक उपलब्ध नहुने भएकाले अस्पताल पुग्नुअघि समयमै सही किसिमले प्राथमिक उपचार भयो भने बिरामीको ज्यान जोगिने बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दैै मेयर कोइरालाले विद्यार्थीलाई प्राथमिक उपचारका विषयमा जानकारी दिँदा प्रभावकारी हुने बताउनुभयो । उहाँले रोट्रयाक्ट क्लबले महत्वपूर्ण कार्य गरेको उल्लेख गर्नुभयो । उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, आयोजक संस्थाका अध्यक्ष कुशल साह, कार्यक्रम संयोजक आश्रेय कोइरालालगायतले प्राथमिक उपचारका अभावमा धेरैले ज्यान गुमाउनुपरेको बताउनुभयो । सबै ठाउँमा तत्कालै डाक्टर उपलब्ध नहुने भएकाले प्राथमिक उपचारले धेरैको ज्यान बचाउन सकिने उहाँहरुको भनाइ थियो ।

कार्यशालामा तीनवटा सामुदायिक विद्यालयका साढे ३ सय विद्यार्थीको सहभागिता रहेको कार्यक्रम संयोजक आश्रेय कोइरालाले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी सबैलाई विद्यालय र विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल