Birat Post शनिबार, भाद्र १५, २०८१ मा प्रकाशित

featured photo: Birat Post

सुनसरी,१५ भदौ । सुनसरीको देवानगञ्जमा हिन्दू सनातन धर्म छोडेका र विभाजित भएकाहरुलाई पुःन सनातन धर्ममा स्वागत गरिएको छ । विश्व हिन्दु परिषद नेपालले शनिबार ग्राम शुद्धिकरण महायज्ञ (घर वापसी) कार्यक्रम आयोजना गर्दै झण्डै १५ सय मानिसहरुलाई स्वागत गरेको हो । उनीहरुलाई पुष्प ,अक्षता छर्केर स्वागत गरिएको थियो । श्रीकृष्ण मावि छेउको मैदानमा भएको कार्यक्रममा विभिन्न राजनैतिक तथा धार्मिक अभियन्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो । वरालिएका मनहरु र प्रलोभनमा पारिएकाहरुलाई एकै ठाउँमा राखेर प्रशिक्षण समेत दिएको छ ।

उक्त कार्यक्रममा वोल्दै संघीय सांसद किरण साहले विभिन्न राजनीतिक आस्था, जातजाति र समुदायमा विभाजित मनहरुलाई एकतावद्ध गराउनु र सनातन धर्म संस्कृतिको संरक्षण गरेर अगाडी बढनुपर्नेमा जोड दिए । उनले धर्म परिवर्तनका नाममा भइरहेका गतिविधिमा निगरानी गर्न आग्रह गरे । त्यस्तै कोशी प्रदेशका प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले सनातम धर्म, संस्कृतिलाई संरक्षण गरेर लैजानुपर्नेमा जोड दिए । उनले प्रभाव, दबाब र प्रलोभनमा परेर सनातन धर्म र संस्कृतिमाथि ह्रास आइरहेको बताए । ‘कतिपय वाह्य दवाव,प्रभाव,प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण केही समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म, सनातनीय संस्कारमा ह्रास आएको छ’ उनले भने, ‘अब हामीले हाम्रो धर्म बचाउनु छ । संस्कृतिको रक्षा गर्नु छ ।’

यस्तै स्कोन विराटनगरका प्रमुख भानुभक्त जोशीले अन्यधर्म अगाल्नु पाप हुने भन्दै समुन्नत पूर्वीय दर्शनलाई आत्मसाथ गर्न आग्रह गरे । हाम्रा धर्म सस्कृति र परम्परानै वैज्ञानि छन् उनले भने त्यसैमा विस्वास गरेर अगाडि वढौं ।

कार्यक्रममा विश्व हिन्दु परिषद नेपाल कोशीका अध्यक्ष देवेन्द्र गुप्ताले विभिन्न धार्मिक कार्यक्रम अघि बढाउन, हिन्दू धर्मको रक्षाका महायज्ञ लगाएको बताए । शिक्षा, संस्कृति, साहित्व र समाजलाई जोगाउनका लागि सबै नागरिक एक ठाउँमा उभिनुपर्ने उल्लेख गर्दै मुलुकको रक्षा हिन्दू धर्म र संस्कृतिले मात्र जोगाउन सक्ने उनले बताए ।
हिन्दु स्वयंसेवक संघ नेपालका सहसचिब महेन्द्र साहले सनातन धर्मको संरक्षण र रक्षाको लागि एक जुट भएर अगाडी बढेको सन्देश दिन गाउँ – गाउँमा महायज्ञ लगाएर अगाडी बढने बताए । देवागञ्चमा भएको जस्तै महाज्ञ अन्य ठाउहरुमा पनि हुने उनले बताए । पछिल्लो समय नेपालमा संस्कृत विषयको अध्ययन र गुरुकुल पद्दतिको पढाइमा वृद्धि भएकोप्रति खुसी समेत व्यक्त गरेका छन् ।

विश्व हिन्दू परिषद नेपाल,देवानगञ्जका अध्यक्ष समर किशोर मेहताको सभाध्यक्षमा भएको कार्यक्रममा कोशी प्रदेश सभा सदस्य रामप्रसाद मेहता,देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता,विश्व हिन्दू परिषदका राष्ट्रिय संगठन मन्त्री प्रल्लाद कुमार रेग्मी,हिन्दूवादी अभियन्ता तथा पत्रकार कौशल निरौला, अरविन्द मेहता,व्रह्मदेव मेहता लगायतको सहभागिता रहेको थियो ।

 

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल