Birat Post बिहिबार, भाद्र ०६, २०८१ मा प्रकाशित

featured photo: Birat Post
विराटनगर,६ भदौ । श्रीकृष्णजन्मष्टमीको भोलिपल्ट भदौ ११ गते  राधाकृष्ण मन्दिर विराटनगर–१ बाट  निकालिने ९३ औँ संस्करणको  राधाकृष्ण रथयात्रामा हेलिकप्टरबाट पुष्पबृष्टि गरिने भएको छ । राधाकृष्ण रथयात्रा समितिद्वारा विहिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नौ किलोमिटर यात्राको क्रममा पुष्पबृष्टि गर्नुका साथै ड्रोन र सिसि टिभिबाट सुरक्षा व्यवस्था कायम गरिने जानकारी दिइयो ।
प्यागोडा शैलीमा बनाइएको उक्त रथको लम्वाई २२ फिट, चौडाई १४ र  उचाइ १८ फिट रहने छ  भने रथको अग्र भाग जुआबाट ७५ फिट लम्वाईका दायाँ र बायाँ पट्टि फैलिएका लठृा(डोरी)लाई पुरुष र महिला भक्तजनहरुलाई तानी रथ सञ्चालन गर्ने परम्परा रहि आएको छ । रथको अग्रभागमा विभिन्न धार्मिक,  जातजाति,सम्प्रदायका संस्कृति झल्कने झाँकी एवं भजन मण्डलीहरु रहने रथयात्रा समारोहका अध्यक्ष कैशाल रेग्मीले जानकारी दिए । रथयात्रा  नगर क्षेत्रका ४३ स्थानमा भक्तजनहरुलाई पूजाअर्चना एवं दर्शन लागि रोक्ने व्यवस्था गरिएको छ।
उक्त रथयात्रामा  मोरङ, सुनसरी, झापा, सप्तरी र सीमावर्ती भारतीय जिल्लाका समेत गरि करीव सात  लाख भक्तजनहरुको सहभागिता हुने  अनुमान गरिएको छ।
विस १९८८ देखि खटयात्रा र विस २०२७ सालबाट रथयात्रा निकालिन थालिएको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  अपरान्ध ३ः३० बजे रथयात्राको शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल