Birat Post बुधबार, साउन २३, २०८१ मा प्रकाशित

featured photo: Birat Post

बिर्तामोड, २३ साउन  । बिर्तामोड उद्योग वाणिज्य संघलाई निलकण्ठ ट्रेड एण्ड सप्लायर्स (एनके) ले पानी प्रशोधन गर्ने मेसिन प्रदान गरेको छ ।

भारतीय ब्राण्ड प्युरोसिसको नेपालका लागि आधिकारिक बिक्रेताको रुपमा रहेको एनकेले सोही ब्राण्डको एक थान पानी प्रशोधन गर्ने मेसिन प्रदान गरेको हो । बिर्तामोडस्थित संघको कार्यालयमा आयोजित कार्यक्रमका बीच संघका अध्यक्ष राजु न्यौपानेलाई पानी प्रशोधन गर्ने मेसिन प्रदान गरिएको थियो ।

एनकेका प्रतिनिधि कञ्चना पोखरेल र मञ्जुश्री संग्रौला गिरीले संघका अध्यक्ष न्यौपानेलगायत संघका पदाधिकारीलाई मेसिन हस्तान्तरण गरेका थिए । निलकण्ठ ट्रेड एण्ड सप्लायर्स बिर्तामोड नगरपालिका २ स्थित रामचौकमा रहेको छ । मेसिनको बजार मूल्य झण्डै ४० हजार रुपैयाँ रहेको बताइएको छ ।

कार्यक्रममा एनके प्रतिनिध पोखरेलले मेसिनका विशेषताका बारेमा जानकारी गराएकी थिइन् भने संघका अध्यक्ष न्यौपानेले धन्यवाद दिएका थिए । एनकेका हालसम्म आठ हजारको हराहारीमा पानी प्रशोधन गर्ने मेसिनका सदस्यहरु रहेको कम्पनीले जनाएको छ । कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल