Birat Post सोमबार, साउन २१, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२१ साउन ।
विराटनगरमा ३१ फिटको काँवर  घुमाएर शिव मन्दिरमा जल चढाएको छ । विराटनगर- ८ भगवती बट्केश्वर महादेव थानगाच्छीवाट कामरु उठाएर नगरका विभिन्न भागको परिक्रमा गरि स्थानीय बासुकीनाथ मन्दिर र वनस्खण्डी मन्दिरमा  जल अर्पण गरिएको थियो ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद भीम पराजुलीले कार्यक्रमको शुभारम्भ गर्नका साथै तीनवटै शिव मन्दिरमा काँवरमा राखिएको घडासहितको जल अर्पण गरेका थिए । यस भन्दा अगडि स-साना काँवर (कामरु) लिएर नगर परिक्रमा गर्ने गरिएको भएपनि यसपटकबाट भने विधिवतरुपमा काँवर बनाएर कार्यक्रम आयोजना गरिएको मन्दिर समितिका अध्यक्ष तथा आयोजक राघव सहनीले जानकारी दिए ।

यो विधिवाट पहिलो पटक विराटनगरमा भोलेनाथलाई जल अर्पण गरिएको सहनीले बताए । आगामी पुस्तालाई स्मरण हुनेगरीको काम भएको भन्दै सहनीले खुसी व्यक्त गरे । शुभारम्भ गर्दै केन्द्रीय सदस्य पराजुलीले पुरातन कुराहरुलाई अझ स्तरिय बनाउदै कार्यक्रम गरिएको भन्दै आयोजकलाई धन्यवाद दिए । सनातन धार्मिक उन्नयनमा युवा पुस्ताको सक्रियता र चासोलाई आफुले उपलव्धिकोरुपमा लिएको बताए । ऐतिहासिक धार्मिक स्थल,जल,जमिन र तिनको स्वामित्व रक्षाका लागि लाग्न पनि उनले आग्रह गरे ।

यस्तै आज साउन महिनाको तेस्रो सोमबार । बिहानैदेखि देशभरका शिवालयहरूमा भक्तजनको भीड लागेको छ ।
साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको प्रिय बार भएकाले ब्रत बस्ने परम्परा छ । यस दिन विशेष रूपमा आशुतोष भगवान् शिवको पूजाआराधना गरिन्छ ।

आजको दिनमा महिलाहरूले विशेषगरी हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान् शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने चलन रहँदै आएको छ । उक्त कार्य गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

फोटो : कौशल निरौला

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल