Birat Post आइतबार, साउन २०, २०८१ मा प्रकाशित

featured photo: Birat Post

कौशल निरौला

विराटनगर,२० साउन । महेन्द्र मोरङ क्याम्पस विराटनगरका ११ हजार विद्यार्थीलाई पानी खुवाउने योजनामा हस्ताक्षर भएको छ । पूर्व विद्यार्थी तथा विराटनगरका उद्योगी तथा समाजसेवीहरुको सहयोगमा यो योजना बनेको हो ।  हालै मात्र महेन्द्र मोरङ क्याम्पस विराटनगरमा भएको एक भेलाका बीच उक्त योजनामा हस्ताक्षर भएको छ । यस योजना अन्तगत क्याम्पस  परिसर भरी पानी वितरण इकाइहरु बन्ने भएको छ ।

जसका लागि उद्योगी तथा समाजसेवी महेशकुमार,आनन्द कुमार जाजुद्वारा आफ्ना स्व. पिता रामानन्द जाजु र स्व.माता हरिपियारी जाजुको संझनामा साथै देवेनरा मुन्दडा परिवारद्वारा आफ्नो माता स्व. जमुना महेश्वरी राठीको स्मृतिमा, पवन सारडा र मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई लगायतले खानेपानीको लागि वितरण इकाई, ट्याङ्की तथा त्यसका लागि आवश्यक सामाग्री खरिद तथा निर्माण गर्नेगरी संझौता भएको छ ।

यस कार्यका लागि पूर्व विद्यार्थीहरु भीम पराजुली,भीम घिमिरे लगायतले विशेष सहयोग,सहजीकरण गरेका छन् । शुद्ध खानेपानी अभावमा विद्यार्थीले पाएको सास्ती समाधान गर्न धेरै लामो समयदेखि छलफल हुदै आएपनि समस्या समाधान हुन सकेको थिएन । निर्माण दाताहरुमा सक्रियता देखिएपछि यसले मुर्तरुप पाउने अपेक्षा गरिएको छ ।

यो केही वर्षभित्रै सम्पन्न हुने लक्ष्य राखिएको छ । संझौता कार्यक्रममा स्ववियु पूर्व सभापति तथा कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले सहयोगी कार्यमा जुट्नुहुने मनहरूलाई धन्यवाद दिएका छन् । यस्तै उद्योगी महेश जाजुले शैक्षिक क्षेत्रको धरोहरमा आफुले सहयोग गर्नपाउदा खुसी भएको बताए ।

त्यस्तै उद्योगी प्रकाश मुन्दडाले क्याम्पसका विद्यार्थीले यो जमानामा पनि शुद्ध खानेपानि खान नपाउनु विडम्बनाको विषय भएको र यसलाई समाधान गर्न आफु जागरुक भएको बताए । क्याम्पस प्रमुख डा.रामावतार शरणले क्याम्पसका सवै भौतिक पूर्वाधारहरुमा पुन निर्माणको आवश्यकता रहेको औल्याए । कार्यक्रममा उद्योगी भीम घिमिरे,डा.मोहन सुवेदी,कांग्रेस युवा नेता अरुण न्यौपाने,कृष्ण कार्की,लोकेन्द्र तिम्सिना,राजकुमार मण्डल लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल