Birat Post शुक्रबार, साउन १८, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ,१८ साउन। शिक्षकको लाइसेन्स पाँच-पाँच वर्षमा नवीकरण गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ । विराट्नगरस्थित ब्राइट भिजन ल कलेजमा अध्ययनरत विद्यार्थी अनिशकुमार कट्टेल, श्रेया विष्ट र विशेष अछामीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसमेतलाई विपक्षी बनाउँदै बिहीबार रिट दायर गरेका हुन् ।

शिक्षक सेवा आयोगबाट अध्यापन अनुमति पत्र लिई आयोगबाट माग भएको विज्ञापनमा रितपूर्वक परीक्षा दिएर उत्तीर्ण भएका आधारभूत र माध्यमिक तहमा अध्यापनरत शिक्षकहरूले कार्य प्रारम्भ गरिसकेपछि जीवनभर पुनः अर्को कुनै परीक्षा दिनु नपर्ने परिपाटीको अन्त्य गरिनुपर्ने रिट निवेदनमा माग गरिएको छ । शिक्षकहरूलाई प्रभावकारी बनाउन नियुक्ति पत्र लिएपश्चात् नयाँ लाइसेन्स प्रदान गरी उक्त लाइसेन्स हरेक ५ वर्षमा नवीकरण गर्न छुट्टै स्वतन्त्र निकाय गठन गर्न उनीहरूले माग गरेका छन् ।

विभिन्न तहका शिक्षकहरूलाई आयोगले नयाँ शिक्षक लाइसेन्स जारी गरी हरेक शिक्षकलाई उक्त लाइसेन्स ५(५ वर्षमा नवीकरण गराइ समय सापेक्ष अद्यावधिक गर्नुपर्ने निवेदनमा उल्लेख छ ।

यस्तै, शिक्षा ऐन, २०२८ संशोधन मार्फत आवश्यक नीति वा कानून तजुर्मा गरी छुट्टै शिक्षा काउन्सिल वा स्वतन्त्र निकायको व्यवस्था लागू गराउन पनि उनीहरूले माग गरेका छन् ।

विभिन्न तह र श्रेणीका शिक्षकहरूका लागि शिक्षा काउन्सिल वा अन्य निकायले पाठ्यक्रम तर्जुमा गरी हरेक ५ वर्षमा लाइसेन्स नवीकरण गर्दा शिक्षकले आफूलाई कम्पिटेन्सी प्रुफ गर्न परीक्षा दिनुपर्ने र उक्त परीक्षामा उत्तीर्ण भए मात्र लाइसन्स नवीकरण गराउनुपर्ने उनीहरूको माग छ । लाइसेन्स नवीकरण परीक्षामा सामेल भई उत्तीर्ण भएका शिक्षकहरूलाई निजको तह वृद्धि, स्तर वृद्धि वा बढुवा गर्दा निजले लाइसेन्सको परीक्षामा प्राप्त गरको प्राप्तांक र सो प्राप्तांकमा मिलान गर्ने नीति तर्जुमा गरी उक्त लाइसेन्स नवीकरण गर्ने व्यवस्था मिलाउनुपर्ने रिटमा निवेदनमा उल्लेख छ ।

देशभित्र नै खपत हुने गरी दक्ष र सीपयुक्त जनशक्ति उत्पादन गर्न शिक्षकलाई समयसापेक्ष तालिम प्रदान गर्नुपर्ने आवश्यकता भएकाले रिट दायर गरिएको निवेदक कट्टेलले बताए ।

‘‘कुनै पनि राष्ट्रको भविष्य के कस्तो हुने भन्ने कुरा त्यहाँका शिक्षकहरूको गुणस्तर र क्षमता कस्तो छ र त्यसले कस्तो परिणाम दिन्छ भन्ने एउटा आधार हुन्छ । शिक्षालाई नियमन गर्न बनेका विभिन्न ऐन, कानुन, आयोग र सरकारी संघसंस्थाको पनि शिक्षाको गुणस्तरप्रति ठूलो भूमिका रहन्छ । उक्त निकायहरूको चरम लापरवाहीका कारणले विद्यार्थीहरूको भविष्य अन्योलमा पर्ने देखिन्छ ।’’ कट्टेलले भने, ‘‘शिक्षक सेवा आयोगको प्रभावकारिता समयानुकूल नभएको र त्यहाँ पुरानै परम्परागत विधिहरूको प्रयोग गरी नियुक्ति गरिने र तालिम प्रक्रिया पनि प्रभावकारी नदेखिने किसिमको रहेको छ ।’’

कट्टेलका अनुसार २०८० सालको माध्यमिक शिक्षा परीक्षामा सामेल भएका ४ लाख ६४ हजार ७८५ विद्यार्थीमध्ये ४७।८७ प्रतिशत उत्तीर्ण र ५२।१३ प्रतिशत अनुत्तीर्ण भएको अवस्था हेर्दा देशको विद्यालय तहको समग्र शिक्षा प्रणाली नै अनुत्तीर्ण भएको त हैन भन्नेसम्मको अवस्था उत्पन्न भएको छ ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल