Birat Post मंगलबार, साउन १५, २०८१ मा प्रकाशित

featured photo: Birat Post

मोरङ,१५ साउन / वाढीबाट नागरिकको जीउधनको सुरक्षाका लागि मंगलबार मोरङमा कृत्रिम घटना अभ्यास गरिएको छ । नेपाल रेडक्रस सोसाइटी मोरङ र विपद व्यवस्थापन समिति मोरङद्वारा वाढीमा आधारित जिल्लास्तरीय कृत्रिम घटना अभ्यास गरिएको हो । मोरङको जहदा गाउँपालिकाको रामचोकस्थित लोहन्द्रा खोलामा रवर बोटवाट बाढीबाट डुवेका नागरिकको उद्धारको कृत्रिम अभ्यास गर्ने कार्य सम्पत्र गरिएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी ,नेपाल प्रहरी र रेडक्रसका कार्यकर्ताहरुले पूर्व अभ्यासको क्रममा उद्धार गरिएको, नागरिकको प्राथमिक उपचार,एम्बुुलेन्समा राख्ने र उपचारका लागि अस्पताल एवं स्वास्थ्य चौकी पठाउने जस्ता कार्य गरेका थिए । कृत्रिम अभ्यासकाको क्रममा अस्थायी आवास र गैर खाद्य सामाग्री व्यवस्थापन लगायतका कार्यक्रम सम्पन्न गरिएको थियो ।

सो अवसरमा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले मोरङ क्षेत्रमा मनसुनको समयमा डुवान मुख्य समस्या रहेकोले सोबाट नागरिकको जीउधनको सुरक्षाका लागि जनशक्ति उपलव्ध रहेको बताए । ।
जहदा गाउँपालिकाका अध्यक्ष जीतेन्द्रप्रसाद साहले गाउँपालिकामा बर्षातको समयमा लोहन्द्र, सिंहिया खोलाले नागरिकको घर डुवान हुनाले यसको समाधान गर्नु आवश्यक रहेको विचार राखे ।

रेडक्रस मोरङका अध्यक्ष सुवोधकुमार सिंहले आगामी दिन जिल्लामा आगलागीबाट जनताको उद्धार गर्ने सम्बन्धमा पूर्व अभ्यास गरिने जानकारी दिए । यस अघि रेडक्रस मोरङले सशस्त्र प्रहरी र जहदा गाउँपालिकालाई बाढी पीडितको उद्धारका लागि रु ३० लाख मूल्य बरावरको दुई थान रवर बोट लगायत सामाग्री सहयोग गरेको थियो ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल