धनगढी,१५ साउन । अस्पताल खोल्ने भनेर बनाएको भवनमा चर्चसहित क्रिस्चियन धर्म प्रचार गरेको पाइएपछि धनगढी उपमहानगरपालिकाले भत्काएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका ७, मनेहरामा अस्पतालका नाममा चर्च सञ्चालन गर्ने लेट मे इन र नेपाल लाइफ वर्ल्ड मिसनको दर्ता खारेज गरी अवैध रुपमा बनाइएका संरचनामा मंगलबार डोजर लगाएर भत्काइएको हो ।
अस्पताल बनाउने भन्दै झुक्क्याएर बनाइएको उक्त भवनमा संगीत र प्रार्थना हुन थालेपछि स्थानीय बासिन्दाले विरोध जनाए संगै भवन भत्काएको हो ।