काठमान्डौं,१३ साउन । सौर्य एयरको विमान दुर्घटनामा ज्यान गुमाएका विराटनगरका तीन परिवार संग नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद भीम पराजुलीले भेटेका छन् ।
उनले परिवारजन संग भेटेर समवेदना प्रकट गरेको मोरङ समाज काठमान्डौंका सल्लाहकार मुरारी कोइरालाले जानकारी दिए । क्षमतावान् व्यक्तिहरु विराटनगरले गुमाएको भन्दै नेता पराजुलीले दुःख व्यक्त गरेका छन् ।
एयरलाइन्सका सुरक्षा प्रमुख सागरराज आचार्य, सह–चालक सुशान्त कटवाल र एरोनेटिकल इन्जिनियर अश्विन निरौलाको परिवार संग काठमान्डौंमा भेट गरेर श्रद्धान्जली अर्पण गरेका हुन् ।