Birat Post शुक्रबार, साउन ११, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,११ साउन । विराटनगरस्थित न्यूरो कार्डियो एन्ड मल्टिस्पेशियालिटी हस्पिटलले नेपालमा नै पहिलो पटक अत्याधुनिक प्रविधिबाट संचालित आर्टिफिसियल इन्टलिजेन्स सिटी स्क्यान भित्र्याएको छ।

न्यूरोले करोडौं खर्च गरेर एआई पार्वड १२८ स्लीस सिटी स्क्यान र डेक्सा स्क्यान भित्र्याएको हो । बिहिबार एक कार्यक्रका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उक्त सेवाको शुभारम्भ गरेका छन् । यसअघि न्यूरोले केही महिना अघि मात्रै नविनतम प्रविधियुक्त एमआरआई पनि भित्र्याएको थियो । यससँगै स्टेट अफ आर्ट रेडियोलोजी विभागबाट सेवाहरु प्रदान गर्न सकिने न्यूरो कार्डियो तथा सुपरस्पेशियालिटी हस्पिटलका अध्यक्ष तथा वरिष्ठ न्युरोलोजिष्ट डा. विरेन्द्रकुमार विष्टले जानकारी दिए ।

समय क्रमसँगै अस्पतालका सेवाहरुलाई आधुनिक र समयसापेक्ष विकास गर्दै लैजानका लागि अत्याधुनिक उपकरणहरु भित्र्याएको हस्पिटलको भनाइ छ । यस्तै कार्यक्रममा नयाँ प्रविधिको सिटी स्क्यानले यस क्षेत्रका नागरिकले स्वदेशमा उच्चप्रविधिबाट स्वास्थ्य लाभ लिन सक्ने भन्दै मुख्यमन्त्री कार्कीले सफलताको कामना गरे । न्यूरोमा संचालनमा आएको एआई सिटी स्क्यानले टाउको, नशा, हाड लगायतको परीक्षणसहित मुटुको एन्जियोग्राफी पनि गर्न सकिने छ । यसैगरी लो रेडिएशनको डेक्सा स्क्यानले शरीरको हाडहरुको अवस्थाको बारेमा सम्पूर्ण जानकारी प्रदान गर्ने छ । यसअघि न्यूरोको अत्याधुनिक १ दशमलव ५ टेस्ला एमआआई भित्र्याएको थियो ।

समयको क्रमसँगै स्तरीय स्वाथ्यसेवा प्रवाह गर्न अत्याधुनिक सेवाहरु विस्तार गरिएको हस्पिटलका प्रबन्ध निर्देशक राजेश भट्टराईले बताएका छन् । न्यूरोले आफ्नो स्थापनाको २३ वर्षे यात्रामा गम्भिर प्रकृतिका रोगहरुमा विशेषज्ञ चिकित्सकहरुबाट विभिन्न २३ वटा सेवाहरु प्रदान गर्दै आएको भट्टराईले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल