Birat Post शुक्रबार, साउन ११, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,११ साउन ।  विराटनगर– १० सनसारीमाइस्थान स्थित अर्किड कलेजमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखिकरण गराएको छ । विराटनगरमा शुक्रबार एक कार्यक्रम आयोजना गरी नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखिकरण गराएको हो ।
कक्षा ११ मा नयाँ भर्ना भएका ८२० जना विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखिकरण गराएको कलेजका प्रिन्सिपल सिएम श्रेष्ठले जानकारी जानकारी दिए । उनका अनुसार विज्ञान संकायमा ३७० र व्यवस्थापन संकायमा ४५० जना विद्यार्थी भर्ना भएका छन् । भर्ना भएका विद्यार्थी १७ औं ब्याजका विद्यार्थी हुन् ।
कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल श्रेष्ठले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिएर कलेजले दक्ष जनशक्ति उत्पादन गर्दै आएको बताए । संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले अर्किड कलेज विद्यार्थी र अभिभावको रोजाइमा परेको बताए । उत्कृष्ट शैक्षिक वातावरण, कडा अनुशासन, डेडीकेटेड फ्याकेल्टी, एडेक्वेट क्यारियर डेबलपमेन्ट अवसर, निरन्तर सुपरिवेक्षण गरेको कारणले अर्किडका विद्यार्थीहरुले सफलता हात पार्दै आएको प्रिन्सिपल श्रेष्ठले बताए । ‘एक उत्कृष्ट शैक्षिक संस्थाको मापन गर्ने मध्यम उक्त संस्थाबाट पास भएर गएका बिधार्थीहरु हुन्,’ प्रिन्सिपल श्रेष्ठले भने, ‘अर्किड कलेज पढेर गएका विद्यार्थीहरु देश विदेशमा हासिल गरेको सफलता नै हो ।’ यहाँबाट पासआउट भएका विद्यार्थी विभिन्न ओदामा पुगेका उनले सुनाए । समयको माग अनुसारको शिक्षा विद्यार्थीको उन्नयनको लागि सधै नयाँ योजना ल्याउनुले पनि अर्किड अग्रिणी संस्था बन्न पुगेको प्रिन्सिपल श्रेष्ठको भनाई छ ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड कोशी प्रदेशका प्रमुख जीवन गड्तौलाले अर्किड कलेजले शिक्षा क्षेत्रमा खेलेको भूमिकाको चर्चा गर्दै पूर्वमा मात्र नभई देश र विदेशमै अतुलनीय योगदान पु¥याएको बताए । विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै रोजगारमुखी शिक्षा प्रदान गरेर अर्किडले दक्ष जनशक्ति उत्पादन गरेर राष्ट्रिय निर्माण ठलो योगदान पु¥याएको बताए । कार्यक्रममा हिसान कोशी प्रदेशका सचिब दिपेश बास्तोलालले अर्किड कलेजले गुणस्तरीय शिक्षासँगै रोजगारमुखी शिक्षा प्रदान गरेको कारण आज दक्ष जनशक्ति उत्पादन गरेर अगाडी बढेको बताए । कार्यक्रममा कलेजका अध्यक्ष अमित ढकालले संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले अर्किड कलेजमा विद्यार्थी र अभिभावको रोजाइमा परेको बताए । कलेजले कक्षा ११ मा उत्कृष्ट १० जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ती प्रदान गरेको छ । कवडीका राष्ट्रिय र अन्तर्राष्ट्रिय तीन जना खेलाडीलाई कक्षा १२ मा छात्रवृत्ती प्रदान गरिएको प्रिन्सिपल श्रेष्ठले बताए ।
सोही अवसरमा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरी नर्याँ भर्ना भएका विद्यार्थी र सहभागिहरुलाई भरपुर मनोञ्जन प्रदान गरे ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल