Birat Post बुधबार, साउन ०९, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,९ साउन । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु हुने मध्ये तीन जना विराटनगरबाट रहेका छन् । विराटनगरस्थित एयरलाइन्सका स्टेशन म्यानेजर प्रकाश पौडेलका अनुसार सुरक्षा प्रमुख सागरराज आचार्य, मृतक सह–चालक सुशान्त कटवाल , र एरोनेटिकल इन्जिनियर अश्विन निरौलाको दुर्घटनामा मृत्यु भएको हो ।

सुरक्षा प्रमुख आचार्य विराटनगर–८ निवासी भएको बताएका पौडेलका अनुसार उनी विगत ४ वर्षदेखि विमान सुरक्षा प्रमुखका रुपमा कार्यरत रहेका थिए । त्यसैगरि, विगत ३ वर्षबाट सह–चालकका रुपमा रहेका सुशान्त कट्वाल विराटनगर आयल निगममा रहेको उनले बताए ।

पूर्व जिल्ला शिक्षा अधिकारी ओम कट्वालका एक छोरा सुशान्तले दक्षिण अफ्रिकाबाट विमान चालक अध्ययन गरेका हुन् । हाल कट्वाल परिवार भक्तपुरस्थित भातगाँउ क्षेत्रमा बसोबास गर्दै आएका छन् । सुशान्त अध्ययन पुरा गरि विगत ३ वर्षदेखि सौर्यमा थिए । त्यसैगरि, विराटनगर–२ निवासी तीर्थ निरौला र कल्पना निरौलाका एक छोरा अश्विन निरौला विमानका एरोनोटिकल इन्जिनियर हुन् । तीन वर्षअघि विवाह बन्धनमा बाधिँएका निरौला एयरलाइन्सका अध्यक्ष दिपक पोखरेलका भान्जा हुन्। उनी सौर्य एयरमा सुरुबाट नै कार्यरत रहेको स्टेशन म्यानेजर पौडेलको भनाइ छ ।

विमान दुर्घटनाग्रस्त हुँदा चालक मनिषरत्न शाक्य घाइते भएका छन्। दुई चालक दलसहित १९ जना सवार विमान दुर्घटनामा १८ जनाको घटनास्थलमा मृत्यु भएको थियो । सौर्यको दुई वटा जहाज मध्ये दुर्घटनाग्रस्त जहाजको सि–चेक(जाँच)का लागि पोखरास्थित नागरिक उड्डयनको ह्याङ्गर लगिदै थियो ।

आफ्नै ह्याङ्गर नभएपछि पोखरास्थित नागरिक उडड्यनको ह्याङगर भाडामा लिएर एयरलाइन्सले सि–चेक गर्दै आएको थियो । सि–चेक प्रत्येक १८ देखि २४ महिनाको अन्तरालमा विमानको सबै पार्टपुर्जादेखि मेशिनरी सामाग्रीको जाँच गरिने प्रक्रिया हो । सोही परिक्षणका क्रममा एयरलाइन्सका प्राविधीक टोलीसहित विमान पोखरातर्फ जाने क्रममा दुर्घटनामा परेको हो ।

  • पत्रकार अभय राइको सहयोगमा ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल