Birat Post मंगलबार, साउन ०८, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,८ साउन ।
केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता गठबन्धन भएसँगै प्रदेशहरुमा पनि सरकार परिवर्तनको लहर चलेको छ । कोशी प्रदेशमा एमाले नेतृत्वमा कांग्रेस सहभागी बन्दै छ । यो पुनर्गठन मात्र हो । सोअनुसार एमाले नेतृत्वमा रहेका अन्य दलका मन्त्रीहरु छिट्टै बर्खास्तीमा पर्नेछन् ।

केन्द्र सरकारबाट बाहिरिएको भए पनि माओवादी केन्द्रले भने कोशी सरकार छाडेको छैन । उसले देखाएको व्यवहारका विषयमा मिडियावाजी देखि जनस्तरमा चर्चाको विषय बन्ने गरेको छ । सामान्य राजनैतिक नैतिकता माओवादीले नदेखाएको भन्दै आलोचना समेत भएको छ ।

कांग्रेस सरकारमा जाने भएसँगै मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले अन्य दलका मन्त्रीहरुलाई बर्खास्त गर्नेछन् । ९ वटा मन्त्रालय मध्ये भागवण्डा कसरी लगाउने भन्ने विषय टुङ्गो लाग्न सकेको छैन । पाएको समुहगत भागवण्डामा कांग्रेस भित्रै किचलो हुने देखिएको छ । भनेअनुसार ५ मन्त्रालय कांग्रेसको भागमा परे समुहगत समस्या मिलाउन कांग्रेसलाई केही सहज हुने छ ।

देउवा समूह, डा.शेखर कोइराला समूह र कृष्णप्रसाद सिटौला समूह कोशीमा हावी रहेको छ । सिटौला समूहबाट प्रदेशमा नेपाली कांग्रेस केन्द्रीय सदस्य भीम पराजुली, कोशीका महामन्त्री भुपेन्द्र राई, पूर्व प्रमुख सचेतक गोपाल तामाङको नाम चर्चामा रहेको छ । शेखर कोइराला समूहबाट पुराना मन्त्रीहरुले दोहोर्याउन चाहेका छन् । यद्यपी कोइराला समूहबाट गोविन्द गिरी (इलाम) र मानबहादुर लिम्बू (मोरङ) लाई मन्त्री बनाउन दबाब रहेको छ ।

त्यस्तै इन्दिरा थापा, रामकुमार खत्री लगायतका सांसदहरु पनि मन्त्री बन्न पाउनु पर्ने भन्दै लबिङ तीव्र पारिरहेका छन् । त्यस्तै देउवा पक्षबाट केन्द्रीय सदस्य प्रदीपकुमार सुनुवार लगायतले मन्त्री बन्न आतुर देखिएका छन् । उनी तीन पटक मन्त्री भइसकेका छन् । ९३ सदस्यीय प्रदेशमा एमालेले ४०, कांग्रेसले २९, माओवादीले १३, राप्रपाले ६, नेकपा एसले ४ तथा जसपाले १ सिट जितेको छ ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल