featured photo: Birat Post
मोरङ,७ साउन । नेपाल रेडक्रस सोसाइटी मोरङले विपदका समयमा नागरिकको उद्धारका लागि दुई थान रवर वोट सहित उद्धार सामाग्री हस्तान्तरण गरेको छ । सोमबार मोरङको जहदा गाउँपालिका र सशस्त्र प्रहरी बल नेपाल ३ नं हेड क्वाटर वुढीगंगालाई दुई थान रवर वोट लगायतका सामाग्री हस्तान्तरण गरेको छ ।
मोरङको कटहरी गाउँपालिकास्थित गोपाल फन पार्कमा आयोजित एक समारोह बीच रेडक्रस मोरङ अध्यक्ष सुवोधकुमार सिंहले जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साह र सशस्त्र प्रहरी बलका नायव प्रहरी उपरीक्षक बीरेन्द्र खनाललाई रु ३० लाख मूल्यका १२ प्रकारका उद्धार सामाग्री हस्तान्तरण गरे ।
मोरङको केरावारी गाउँपालिका देखि जहदा गाउँपालिकाकासम्मका आठ पालिकाका नागरिकहरुलाई वढीको समयमा उद्धारका लागि उक्त सामाग्री उपयोगी हुने बताइएको छ । जहदा गाउँपालिकाका प्रमुख साहले पालिकाको १,२ र ७ वडामा लोहन्द्रा, सिंघिया र भारतको नदीबाट वाढी आउने हुनाले जनधनको उद्धारमा सामाग्री उपयोगी हुने विचार राखे ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साह, रेडक्रस सोसाइटीका मोरङ अध्यक्ष सिंह र संजय कामतले विपदको समयमा नागरिकको जोखिम न्यूनीकरणमा सहयोग पुग्ने धारणा राखे । सोही अवसरमा पालिकाका कर्मचारीहरुलाई रवरवोट सञ्चालन सम्बन्धी तालीम तथा अभ्यास गराइएको थियो ।
सम्बन्धित