Birat Post सोमबार, साउन ०७, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,७ साउन । साहित्यकार उमानाथ भट्टराईद्वारा रचित महाकाव्य ‘अचल’ को लोकार्पण गरिएको छ । गत शनिबार प्रमुख अतिथि प्रा.कविराज न्यौपाने लगायत अग्रज साहित्यकारहरुले पुस्तक लोकार्पण गरेका हुन् ।

विराटनगर-१ निवासी साहित्यकार उमानाथ भट्टराईद्वारा रचित महाकाव्य पूर्वान्चल साहित्य प्रतिष्ठान विराटनगरबाट प्रकाशित भएको हो । पूर्वान्चल साहित्य प्रतिष्ठान विराटनगर र खोटङ सेवा मन्च को भाषा सहित्य कला उन्नयन उपसमितिको सयुक्त आयोजनामा भएको कार्यक्रममा पूर्व क्षेत्रका साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

साहित्यकार हरिप्रसाद कट्टेलले महाकाव्यको समीक्षा गरेका थिए ।  १९ खण्ड रहेको यो महाकाव्यमा १७७६ श्लोकहरु रहेका छन् । साहित्यकारहरु प्रा.डा. हरिहर भण्डारी, डा.देवी पन्थी, अग्रज साहित्यकार बलराम पोख्रेल, मधु पोख्रेल, सरला चापागाईं,कवि रोहिणी रसिकले पुस्तकको समीक्षा सहित शुभकामना दिएका थिए । साहित्यकार भट्टराईका यस अघि ७ वटा कृति प्रकाशित भएका छन् भने यो यो आठौं कृति हो ।

उनका आमा खण्डकाव्य , पाथिभरा लघुकाव्य, जिबोद्वार स्तोत्र, मेरो विश्व नवकाव्य, अधुरो सपना स्मृती काव्य, वत्सदेखी थिरसम्म स्मृती काव्य प्रकाशित भैसकेका छन् । तेह्रथुममा रहेर शिक्षण तथा क्याम्पसमा प्राध्यापन गरि साहित्यमा साधनारत छन्दकवी भट्टराई हाल विराटनगर वसोबास गर्दछन् । पूर्वान्चल साहित्य प्रतिष्ठानका उपाध्यक्ष भूषण ढुङ्गेलको अध्यक्षतामा भएको लोकार्पण कार्यक्रममा २० जना भन्दा बढी साहित्यकारहरुले कविता, मुक्तक तथा गजल समेत वाचन गरेका थिए ।

 

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल