Birat Post आइतबार, आषाढ ३१, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विकास कार्की

विराटनगर,३० असार / लागूऔषध दुर्व्यसनी नियन्त्रणमा परिवारको भूमिका महत्वपूर्ण हुने एक कार्यक्रमका सहभागीले बताएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले रानीमा आयोजना गरेको ‘ दुर्व्यसनी  नियन्त्रणका लागि आमाहरू’ अभियानको शुभारम्भ कार्यक्रममा बोल्ने अधिकांशले यस्तो धारणा व्यक्त गरेका हुन् ।

कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले लागूऔषध दुर्व्यसनी  नियन्त्रणका लागि परिवारको महत्वपूर्ण भूमिका हुने बताएका छन् । मेयर कोइरालाले दुर्व्यसनी  नियन्त्रणका लागि परिवारसँगै आमाहरूको विशेष भूमिका हुने बताए । उनले घरपरिवार सचेत भए परिवारका कोही पनि सदस्य दुर्व्यसनी  नफस्ने दाबी गरे । ‘आफ्नो छोराछोरी कता जाँदैछन्, के गर्दैछन् भनेर चासो राख्ने गरेमा लागूऔषधको दुर्व्यसनी  नियन्त्रण गर्न सकिन्छ,’ उनले भने, ‘बाहिरबाट घर आएपछि छोराछोरीसँग गफ गर्ने, उनीहरूका समस्या सुनिदिने गर्नुपर्दछ । उनीहरूसँग घुलमिल हुनुपर्दछ । जसले गर्दा उनीहरूका समस्या बुझ्न सकिन्छ । विशेष गरी आमाहरूले छोराछोरीको बारेमा चासो राख्नुपर्दछ ।’

मेयर कोइरालाले कुनै पनि व्यक्ति रहरले दुर्व्यसनी  नहुने जिकिर गरे । लागूऔषध नियन्त्रणका लागि महानगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको कोइरालाले बताए । मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले पछिल्लो समय समाधार सुधारकको बाधकका रुपमा दुर्व्यसनी  देखा परेको उल्लेख गरे । उनले समाजलाई बिरामी र रोगी हुनबाट जोगाउन सबै लाग्नुपर्नेमा जोड दिए ।

प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले पारिवारिक कलह, असफलता, साथीभाइको गलत संगतलगायतले युवाहरू दुर्व्यसनीमा पर्ने गरेको बताए । आमाहरू जिम्मेवार भएमा  दुर्व्यसनीलाई न्यूनीकरण गर्न सकिने उनको भनाई थियो ।  कार्यक्रममा विराटनगर वडा नम्बर १५ का अध्यक्ष प्रकाश साह, कोशी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी भीम दाहाल , मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्की,सामुदायिक सेवाकेन्द्र रानीका अध्यक्ष किशोर सुव्वा ,अभियन्ता सदिना खातुन,शसस्त्र बल रानीका डिएसपी देवराज विष्ट,रानी इप्रकाका प्रहरी निरिक्षक प्रकाश थापा,नेपाली सेनाका कर्नेल सुनिल घिमिरे लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल