Birat Post शनिबार, आषाढ २९, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२९ असार /

विराटनगरस्थित विराट साहित्य संगमको नियमित मासिक साहित्यिक शृंखला सम्पन्न भएको छ । राष्ट्र सेवक बहुमुखी सहकारी संस्था लिमिटेडसँगको सहकार्यमा संगमले हरेक महिनाको अन्तिम शनिबार साहित्यिक शृंखला सञ्चालन गर्दै आएको छ । २ सय १६ औं शृंखलामा कवि खेम नेपाली, हरि कट्टेल, भीम कोइराला, मीनकुमार नवोदित, बाबुराम पोखरेल, मीना श्रेष्ठ, शारदा भट्टराई, अच्युतमणि पौडेल, वासुदेव नेपाल, माहनसिंह लिम्बू, कुमार श्रेष्ठ, ऋषि तिवारी, भूपाल अधिकारी, शारदा कार्कीले आ–आफ्ना सिर्जना वाचन गरे ।

साहित्यकार गोपाल निर्भीकको सभापतित्व तथा साहित्यकार शम्भुप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा भएको गोष्ठीमा भरत गुरागाईं बर्बरिक, अच्युत खतिवडा, स्वयम्भूनाथ कार्की, भवानीप्रसाद पोखरेल, चन्द्रकान्त पोखरेल, अम्विका खरेल, लक्ष्मी युग्मी, जमुना पौडेल, सिर्जना प्रसाईं ढुंगाना, पुष्पा सायरा, लक्ष्मी पोखरेल, लक्ष्मी रायमाझी, प्रा.डा. मेदिनीप्रसाद शर्मा, रोहिणी रसिक, हरिप्रसाद बराल, भीमेन्द्रबहादुर कार्की, उमानाथ घिमिरे, तारानाथ पोखरेललगायत तीन दर्जनभन्दा बढी साहित्यकारहरुले कविता, गजल, मुक्तक, लघुकथा प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रतिभा पुरस्कार प्रतिष्ठानद्वारा पुरस्कृत विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेललाई बधाई ज्ञापन गरिएको थियो ।

सम्बन्धित

ताजा अपडेट
रास्वपाको सचिवालय बैठक बस्दै
अधिकांश भागमा जलवाष्पयुक्त हावाको प्रभाव
विकास राजाको पालामा मात्रै भयो, गणतन्त्रले त लुटेरा जन्मायो -सांसद ज्ञानेन्द्र शाही

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: biratpost@gmail.com 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

biratpost@gmail.com

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल