Birat Post शनिबार, आषाढ ३०, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२९ असार ।

विराटनगर- ८ मा रहेको बाल संस्कार तथा युवा जाग्रिती केन्द्र (अष्ट चिरञ्जीवी मन्दिर) विराटनगरको १५ औं वार्षिकोत्सब, सामुदायिक भवनको उद्घाटन तथा दाता सम्मान कार्यक्रम एक साथ गरिएको छ ।नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा कोशी प्रदेश सभा सदस्य भीम पराजुलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विराटनगरका विभिन्न सामाजिक अभियन्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य पराजुलीले धार्मिक मुल्य मान्यता,भाषा संस्कृतिको जगेर्नामा गर्नु आजको आवश्यकता भएको बताए । नयाँ पुस्तामा सामाजिक ,धार्मिक तथा नैतिक शिक्षा दिन आवश्यक रहेको सुझाए । कतिपय सामाजिक तथा नैतिक पक्षहरु कमजोर बन्दा पुराना पुस्ता र नयाँ पुस्ताको समन्वयमा समेत समस्या देखिने गरेको बताए । समाज सन्तुलनमा हिडाउन सवैखाले विषयवस्तु आवश्यक रहने भन्दै पराजुलीले धार्मिक मुल्य मान्यताका कुरालाई जोगाएर अगाडि बढ्नुपर्ने बताए ।उनले मन्दिर तथा सामुदायिक भवन निर्माणमा सघाउने र सम्मानित हुनेहरुलाई धन्यवाद  ज्ञापन गरेका थिए ।

उक्त कार्यक्रममा विभिन्न दाता तथा सुभेच्छुकहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा लिला खरेल, प्रविन प्रमिला जोशी, अरुण वर्खा न्यौपाने, बेनीगोपाल मुन्दडा,रामकृष्ण नेपाल,मात्रिका पोखरेल, गणेश मुखिया, रोहित कार्की, राजकुमार मण्डल, योगेश भट्टराइर्, उज्जल प्रसाई, गौरव गाडोदिया, श्रवण अग्रवाल , निर्मल सुवेदी, दीपक ढुङ्गेल, प्रभु साह, अर्पना दाहाल पन्त लगायत २२ जनालाई सम्मान गरिएको मन्दिरका अध्यक्ष विनायक पन्तले जानकारी दिए । उक्त सामुदायिक भवन २२ लाखको लागतमा बनाइएको छ । अध्यक्ष पन्तकै अगुवाईमा मन्दिर समुन्नत बन्न पुगेको छ ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल