Birat Post शनिबार, आषाढ ३०, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ ,२९ असार ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरे लगत्तै ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीको दाबी पेस गरेका हुन्।

दाबी पेस गर्न एमाले अध्यक्ष ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एमाले उपाध्यक्ष विष्णु पौडेल, एमाले प्रमुख सचेतक महेश बर्तौला, पूर्वमहान्यायाधिवक्ता रमेश बराल लगायत शीतल निवास पुगेका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आइतबार साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका थिए ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार आइतबार बिहान राष्ट्रपति पौडेलले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् भने आइतबार दिउँसो शपथ हुनेछ । त्यतिन्जेल प्रचण्ड कामचलाउ प्रधानमन्त्रीका रुपमा रहने छन् ।

सम्बन्धित

ताजा अपडेट
पार्टी एकताको प्रस्ताव पछि लिङ्देन र थापा बिच भनाभनको स्थिति
बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो कार्यसूची बनाएर काम गर्नूस् : अर्थमन्त्री विष्णुप्रसाद पौडेल
कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल