Birat Post शुक्रबार, आषाढ २९, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२८ असार ।
विराटनगर-३ मा स्थापित गरिएको सिद्धेश्वर महादेव मन्दिर तथा सामुदायिक भवनको उद्घाटन गरिएको छ । बालसन्त मोहनशरण देवाचार्यले शुक्रबार सो मन्दिर तथा सामुदायिक  भवनको उद्घाटन गर्नुभएको हो ।

भारतको नर्मदा नदीबाट ल्याइएको प्राकृतिक शिबलिङलाई स्थापित गरिएको छ । तीन दिन सम्म ७ जना पण्डितहरुले होम होमादी गरी प्राणप्रतिष्ठा गरिएको मन्दिर तथा सामुदायीक भवनका अध्यक्ष रामप्रसाद घिमिरेले जानकारी दिए ।

वि.स.२०७९ सालमा माघमा बालब्यास पं.कपिलदेव चालिसेद्वारा वाचन गरी भएको श्रीमद्भागवत् महापुराणवाट संकलित रकम बाट मन्दिर तथा सामुदायिक भवन बनेको हो ।

पित्तलको छानो भएको विराटनगरको पहिलो मन्दिर

यो मन्दिर विराटनगरका लागि नौलो पनि रहेको छ । मन्दिरको छानो पित्तलबाट बनाइएको छ । नर्मदा नदीबाट प्राकृतिक शिबलिङ ल्याइएको हुदा यसको महत्व पनि उत्तिकै रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल