काठमाडौँ ,२८ असार । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानका जानकारहरुलाई बोलाएका छन्। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत नपाएसँगै पौडेलले नयाँ सरकार गठनका लागि परामर्श गर्न संविधानका जानकारहलाई शितल निवास बोलाएका हुन्।
संविधानको धारा ७६ (२) अनुसार १८ महिनाअघि दाहाल नेतृत्वको सरकार ढलेसँगै अब कुन उपधाराअनुसार सरकार आह्वान गर्ने भन्नेबारे छलफल गर्न लागेका हुन्।
राष्ट्रपति कर्यालयका अनुसार संविधानका जानकारहरु भीमार्जुन आचार्य, चन्द्रकान्त ज्ञवाली, शम्भु थापा, पूर्णमान शाक्य, हरिहर दाहाललगायतलाई बोलाइएको छ। राजनीतिक दलहरु धारा ७६ (२) वा (३) कुन अनुसार सरकार गठनका लागि आह्वान हुनुपर्ने भन्नेमा विभाजित छन्।