Birat Post शुक्रबार, आषाढ २९, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ ,२८ असार ।  नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उथलपुथलको औचित्य सकिएको बताएका छन्।

शुक्रबार प्रधानमन्त्री प्रचण्डको विश्वासको मतमाथिको छलफलमा बोल्दै उनले प्रचण्डको उथलपुथलले हिजो देशलाई केही गरे पनि आज उथलपुथलको औचित्य सकिएको बताएका हुन्।

उनले भने,‘तपाईंको जिन्दगी उथलपुथलपूर्ण नै छ तर हिजो तपाईंको उथलपुथलको औचित्य थियो होला, देशलाई केही भयो होला, अब त्यो उथलपुथलले थचक्क आफ्नो ठाउँमा बस्नबाहेक केही छैन। अब उथलपुथलले काम गर्दैन।’

उनले आफूहरुले प्रधानमन्त्री प्रचण्डलाई समीक्षा गर्न समय दिएको बताए।

उनले भने,‘२०६२/६२ को अन्तरिम संविधानदेखि जति सरकार बने कमरेड प्रचण्डको पार्टी दुई पटक मात्र छैन होला, अरु सबैमा छ। एक पटक फर्केर हेर्नुहोला। सिंहदरबार, बालुवाटार त्यहाँको रमझम सुखसयल सबै हेर्दा तपाईं आफैमाथि समीक्षा गर्ने समय पाउनुभएन। अब कांग्रेस–एमाले मिलेर तपाईंलाई समीक्षा गर्ने समय दिँदै छौँ।’

सम्बन्धित

ताजा अपडेट
कौशल निरौला- वरिष्ठ पत्रकार तथा सामाजिक ,धार्मिक अभियन्ता नेपाल,मोरङ्ग
विराटनगर महानगरद्वारा हाजिरीजवाफ प्रतियोगिता आयोजना
कोशी प्रदेशस्तरीय अन्तरक्याम्पस छात्रा फुटसल प्रतियोगिता सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल