Birat Post बुधबार, आषाढ २७, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२६ असार / विराटनगर महानगरपालिकाले पुँजीगत खर्चको क्षमतालाई बढाएको छ । गत आर्थिक वर्ष ५० प्रतिशत पुँजीगत खर्च गरेको महानगरले चालु आर्थिक वर्ष ६५ प्रतिशत खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि पुँजीगततर्फ महानगरले १ अर्ब ६७ करोड ५१ लाख रुपैयाँ विनियोजन गरेकोमा १ अर्ब ८ करोड ९१ लाख रुपैयाँ खर्च गर्न सफल भएको छ ।

नियमित अनुगमन, जनप्रतिनिधि, कर्मचारी र निर्माण व्यवसायीबीचको प्रभावकारी समन्वयका कारण पुँजीगत खर्च बढेको मेयर नागेश कोइराला बताउनुहुन्छ । ‘जनप्रतिनिधि, कर्मचारी, निर्माण व्यवसायी र उपभोक्ता समितिहरुको सक्रियताले नै पुँजीगत खर्चमा सुधार आएको हो,’ मेयर कोइरालाले भने, ‘आगामी आर्थिक वर्ष यसमा अझै सुधार गर्नेछौं ।’ चालुतर्फ महानगरले ८४ दशमलव ५५ प्रतिशत खर्च गरेको छ ।

१ अर्ब ६३ करोड विनियोजन गरेकामा १ अर्ब ३८ करोड ३७ हजार रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिनुभयो । महानगरले वित्तीय व्यवस्थापनतर्फ ५ करोड विनियोजन गरेकामा ४ करोड ७३ लाख खर्च गरेको छ । महानगरले चालु आर्थिक वर्षमा ७५ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ । गत आर्थिक वर्ष ६४ प्रतिशत खर्च गरेको थियो । महानगरले ३ अर्ब ३६ करोड १७ लाख बजेट विनियोजन गरेकोमध्ये २ अर्ब ५२ करोड १ लाख रुपैयाँ खर्च गरेको लेखा शाखाका प्रमुख संजीव भट्टराईले जानकारी दिनुभयो ।

६ वटा महानगरमध्ये काठमाडौं महानगरले सबैभन्दा कम पुँजीगत खर्च गरेको छ । काठमाडौंले ५१ प्रतिशत मात्रै पुँजीगत खर्च गर्न सकेको छ । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

 

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल