Birat Post आइतबार, आषाढ २४, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२३ असार /  विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले दैवी प्रकोपका समयमा उद्धार र राहत वितरणमा स्काउटको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । स्थानीय स्काउट परिषद्को दीक्षान्त तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय स्काउट परिषदका संरक्षकसमेत रहनुभएका मेयर कोइरालाले स्काउटको क्षेत्रलाई व्यापक बनाउनुपर्नेमा जोड दिनुभयो ।

शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको भए पनि स्काउटले रक्तदान, बाढी पहिरो र डुबानपीडितको उद्धारलगायतमा सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । नेपालमा जहानिया राणा शासन अन्त्यपछि २००९ सालमा स्थापित स्काउटको आफ्नै छुट्टै पहिचान रहेको मेयर कोइरालाले उल्लेख गर्नुभयो ।

दैवी प्रकोप तथा दुर्घटनामा परेका व्यक्तिहरूको उद्धार तथा सहायता कार्यमा नेपाल स्काउटले निकै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उहाँको भनाइ थियो । कोरोनाकालमा राहत वितरणसँगै नागरिकलाई सचेतना फैलाउन पनि स्काउटले खेलेको भूमिकाको मेयर कोइरालाले प्रशंसा गर्नुभयो ।

कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले स्काउटले समाजलाई अनुशासित बनाउन भूमिका खेलेको चर्चा गर्नुभयो । समाज रुपान्तरणमा स्काउटको योगदान महत्वपूर्ण रहेको बताउँदै उपमेयर कार्कीले स्काउटको मूल मर्म र भावनाअनुसार कार्य गर्नु आवश्यक रहेको औंल्याउनुभयो । इमान्दारिता, अनुशासन, परोपकारी, राष्ट्र र शान्ति स्काउटको मूल सिद्धान्त र नियम भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा मेयर कोइरालालाई राष्ट्रिय प्रशिक्षक तथा राष्ट्रिय कार्यकारी समितिका सदस्य (आयुक्त) नवलप्रसाद उपाध्यायले दीक्षित गराउनुभएको थियो । त्यस्तै स्थानीय स्काउट परिषद् सदस्यहरूलाई पनि विराटनगर महानगरपालिकाकी उपमेयर तथा स्थानीय स्काउट प्रमुख शिल्पा निराला कार्कीले सपथ गराउनुभएको छ ।

कार्यक्रममा स्काउटका सहप्रमुख आयुक्त किरण गिरी, राष्ट्रिय सामुदायिक विकास आयुक्त सुदर्शन भट्टराई, प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । स्थानीय स्काउट कार्यालय विराटनगरको आयोजनामा भएको कार्यक्रममा स्थानीय स्काउट परिषदका २६ जना सदस्यलाई दिक्षित गरिएको स्थानीय स्काउट प्रमुख आयुक्त नवीन पहाडीले बताउनुभयो ।

 

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल