Birat Post शनिबार, आषाढ २३, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ,२२ असार । अविरल वर्षाका कारण काठमाडौँ उपत्यकामा रहेका नदी तथा खोलामा पानीको बहाव बढेका कारण केही स्थानको आवागमनमा प्रभाव परेको छ । बल्खुस्थित तरकारी बजार जाने बाटो र पार्किङ क्षेत्रमा खोलाको पानी पसेका कारण आवागमन रोकिएको छ ।

यस्तै कुपण्डोल पुल मुनीको करिडोर, टंकेश्वर र टेकु क्षेत्रमा रहेका करिडोरमा पनि खोलाको पानी सडकमै आएका कारण सवारी आवागमन प्रभावित भएको छ । शंखमूल, युएन पुल, रोजबर्ड स्कुल नजिक, सानेपा कालोपुलको तल्लो बाटो र च्यासल क्षेत्रमा रहेका करिडोरमा पनि विष्णुमती नदीको वहाव बढेर पानी सडकमै आएका कारण सवारी आवात जावतमा आशिंक प्रभाव परेको छ ।

यस्तै धापाखेल स्थित सुमेरु अस्पताल नजिकै पनि वर्षातको पानी जमेका कारण सवारी आवागमनमा आशिंक प्रभाव परेको छ । काठमाण्डौ उपत्यकाका विभिन्न करिडोर हुँदै यात्रा गर्दा सचेत भएर यात्रा गर्न सडक प्रयोगकर्तालाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ । यस्तै वर्षातले भिजेको सडकमा चिप्लिएर सवारी दुर्घटना हुनसक्ने संभावना रहेकाले संयमित भएर सिमित गतिमा सवारी साधन गुडाउन चालकलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
पार्टी एकताको प्रस्ताव पछि लिङ्देन र थापा बिच भनाभनको स्थिति
बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो कार्यसूची बनाएर काम गर्नूस् : अर्थमन्त्री विष्णुप्रसाद पौडेल
कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल