Birat Post शनिबार, आषाढ २३, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२२ असार

विराटनगरमा रहेको पोखरिया माध्यमिक विद्यालय गुणस्तरीय शिक्षामा देशकै उत्कृष्ट विद्यालयबाट सम्मानित भएको छ। कक्षा १ देखि कक्षा १२ सम्म अध्यापन गर्दै आएको विद्यालय कोशी प्रदेश र राष्ट्रकै नमुना विद्यालयको रुपमा परिचित छ। हालै प्रकाशित कक्षा १० को २०८० सालको माध्यमिक शिक्षा परीक्षा उत्कृष्ट नतिजा यस विद्यालयले निकाल्न सफल भएको प्रधानाध्यापक खेमराज भट्टराई जानकारी दिए। कक्षा ११ मा विज्ञान संकाय व्यवस्थापन संकाय र शिक्षा संकायमा आवश्यक सीप भन्दा दोब्बर विद्यार्थीहरू भर्ना हुन चाहेकाले प्रवेश परीक्षा लिएको विद्यालयले जनाएको छ। विज्ञान संकायमा १२५ सिटका लागि प्रथम चरणको प्रवेश परीक्षामा २१२ जनाले परीक्षा दिएका छन्। त्यसैगरी व्यवस्थापन संकायमा १६२ सिटका लागि २८४ जनाले प्रथम चरणको प्रवेश परीक्षामा सहभागी भएको विद्यालय प्रशासनले जानकारी गराएको छ।

असार २२ गते शनिबार बिहान प्रथम चरणको प्रवेश परीक्षा सञ्चालन हुँदा विद्यार्थी र अभिभावकको रोजाई पोखरिया माध्यमिक विद्यालय रहेको देखियो। मधेश प्रदेशका सप्तरी सिराहा जनकपुर बर्दिबास लगायतका स्थानबाट विद्यार्थीहरू प्रवेश परीक्षामा सहभागी थिए। सप्तरीको राजविराजस्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालय राजबिराज नगरपालिका ५  बाट सामुदायिक विद्यालयबाट जिल्लाकै प्रथम विद्यार्थी नेहा झा विज्ञान संकायका लागि प्रवेश परीक्षा मा सहभागी भइन्। अभिभावक वशिष्ठ नारायण झा लाई लिएर उनी पोखरिया माध्यमिक विद्यालय पुगेकी हुन् ।

अभिभावक झा र विद्यार्थी नेहाको रोजाई पोखरिया मावि भएकै कारण उनीहरु झरीलाई समेत वास्ता नगरी बिहान ७ बजे पोखरी माध्यमिक विद्यालय पुगिसकेका थिए। विज्ञान संकायतर्फ प्रवेश परीक्षामा उत्कृष्ट २० जनालाई पूर्ण छात्रवृत्ति पठनपाठनको व्यवस्था भएको प्रधानाध्यापक खेमराज भट्टराईले बताए । त्यसैगरी व्यवस्थापनतर्फ प्रवेश परीक्षामा उत्कृष्ट पाँचजनालाई शतप्रतिशत छात्रवृत्ति प्रदान गरिने जानकारी प्रधानाध्यापकले दिए ।

प्रवेश परीक्षाको नतिजा शनिबार असार २२ गते बेलुका ४ बजे प्रकाशित गर्ने विद्यालय प्रशासनले जनाएको छ। पछिल्लो समय सामुदायिक विद्यालय हरू गुणस्तर प्रदान गर्न सक्षम भएकाले विद्यार्थी र अभिभावकको रोजाइमा सामुदायिक विद्यालय रोज्ने गरेको एक अनुसन्धानले देखाएको छ ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल