Birat Post बुधबार, आषाढ २०, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१९ असार । केन्द्रीय राजनीतिक समीकरणमा आउन लागेको फेरवदलको असर प्रदेश तहमा पनि सुरु हुन थालेको छ। केन्द्रमा नेकपा एमाले र नेपाली कांग्रेसको सरकार बन्ने सहमति जुटेपछि प्रदेश तहमा पनि हलचल सुरु हुन थालेको हो।
कुनै भवितब्य नपरे कोशी प्रदेशमा कांग्रेस प्रवेश गर्दैछ । सहमतिका आधारमा तत्काल मुख्यमन्त्री हिकमत कार्कीले नै सरकारको नेतृत्व लिने छ । आलोपालोको अवस्था पनि आउन सक्ने आंकलन गरिएको छ ।

हाल एमाले नेतृत्वको सरकारमा माओवादी महत्वपूर्ण मन्त्रालयका साथमा छ । नयाँ सत्ता समिकरणका आधारमा कोशी प्रदेश सरकार अगाडि बढ्ने मुख्यमन्त्री कार्की बताउछन् । माओवादीका मन्त्रीहरुलाई सत्ता समिकरणको अवस्थालाई मध्यनजर गर्दै बाटो खुल्ला गर्न आग्रह गर्नेमा एमाले छ । सम्वन्ध स्रोतका अनुसार माओवादीले सम्हालेका मन्त्रालयमा कांग्रेसकालाई सहभागी गराइने छ । यसका लागि आन्तरिक तयारी भइरहेको सम्वन्ध नेताहरुको भनाई छ ।

कांग्रेस र एमाले मिल्दा प्रदेश संसदमा भारी बहुमत हुन्छ । कांग्रेसको २९ र एमालेबाट ४० सांसद छन् । नेपाली कांग्रेसले पनि नयाँ सरकार गठनको बारेमा केन्द्रको निर्देशन कुर्ने भएको छ। नयाँ समीकरण अनुसार प्रदेशमा सरकार बन्ने तर माथिको निर्णय मान्दै अगाडि बढ्ने नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा उद्धव थापाले बताए ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल