Birat Post बुधबार, आषाढ २०, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१९ असार । लायन क्लब अफ विराटनगर इनोभेटिभको वर्ष २०२४/०२५ को अध्यक्षका लागि रन्जिता खनाल पराजुली चयन भएकी छन् । उनले हालैको हप्ता जिम्मेबारी पाएकी हुन् । उनी नेतृत्वमा आएसंगै विभिन्न सामाजिक कार्यक्रमको घोषणा गरेकी छन् । उनले सामाजिक क्षेत्रमा सक्रिय रहने उद्घोष समेत गरेकी छन् ।

उनको पहिलो कार्यक्रम अन्तरगत विराटनगर पुष्पलाल चोकमा रहेको जागृति महिला वृद्धाआश्रममा आश्रीत आमाहरुलाई  खाना तथा मिष्ठान्न भोजन गराउने काम भएको छ । यस्तै इनोभेटिभले जुलाई २ मा मानव सेवाआश्रममा भोजन, जुलाई ३ मा विपद व्यवस्थापन एवं राहत वितरण,जुलाइ ४ मा योगा,५ मा क्यान्सर विरुद्ध सचेतना,६ मा शैक्षिक सामाग्री वितरण र जुलाई ७ मा वृक्षारोपणको कार्यक्रम तय गरिएको अध्यक्ष पराजुलीले जानकारी दिइन् ।

उक्त कार्यक्रममा इमिडियेट पास्ट प्रेसिडेन्ट विजयहरि शर्मा,नेपाली कांग्रेस केन्द्रीय सदस्य भीम पराजुली,लायन इनोभेटिभकी पूर्व अध्यक्ष रिता पोखरेल, लायनका पूर्व अध्यक्ष लीला ढुङ्गेल, भीम घिमिरे, फूलकुमार लालवानी, लायन अजिता बराल, जीना श्रेष्ठ,नेपाली कांग्रेसका युवा नेता प्रविन जोशी,विनायक पन्त  लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल