काठमाडौं ,१८ जेठ। प्रतिनिधि सभाको सचिवमा पूर्वसचिव सुरेश अधिकारी नियुक्त भएका छन् ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १०६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाको सचिवमा अधिकारीलाई नियुक्त गरेका हुन् ।
पद्मप्रसाद पाण्डेय संघीय संसदको महासचिव भएपछि प्रतिनिधिसभाको सचिव पद रिक्त थियो ।