Birat Post मंगलबार, आषाढ १९, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,१८ असार ।व्यवस्थापन शिक्षामा अब्बल कलेज मध्ये नम्बर वान मा पर्ने एक हो, विराटनगर – ७ रंगेली रोडस्थित मेरिल्याण्ड कलेज । सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक, शिक्षक शिक्षिकाहरुका कारण यो केलजमा आफ्ना छोराछोरी व्यवस्थापन शिक्षा पढाउन धेरै अभिभावक लालायित हुने गरेका छन् ।

मेरिल्याण्डले गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले अभिभावक र विद्यार्थीको व्यवस्थापन शिक्षामा पहिलो रोजाइमा पर्ने गरेको छ । २०५९ सालमा स्थापीत मेरिल्याण्ड ब्यबस्थापन शिक्षामा एक अब्बल शैक्षिक संस्था हो । स्थापना काल देखिनै सधै टप टेनमा पर्न सफल मेरिल्याण्ड पढाई बाहेक अन्य अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट रहदै आएको छ । ब्यबस्थापन संकाय मात्र पढाई हुने यस मेरिल्याण्डमा प्लसटु, बिबिएस र सिए प्रोग्रामहरु छुटाछुट्टै अत्याधुनिक सुविधा सम्पन्न भवनमा भयरहित वातवरणमा पढाइ हुने गरेको छ ।

जसले गर्दा पनि २०७८ सालमा कक्षा –१२ को परीक्षामा छात्रा दिया अग्रवालले नेपालमै सर्बाधिक ३।९६ जीपीए ल्याएर सर्वोत्कृष्ट हुन सफल भइन् । यसरी उत्कृष्ट नतिजा आएको कारणले मेरील्याण्ड व्यवस्थापन शिक्षामा अब्बल सावित भएर नम्बर वान कलेज भएको प्रमाणित भएको छ । त्यस्तै बिबिएस तर्फ सिम्रन अग्रवालले तेश्रो र चौथो बर्षको त्रिभूवन विश्वविद्यालयले लिएको परीक्षामा उत्कृष्ट अंक ल्याएर नेपाल प्रथम गरेकी थिइन् । त्यस्तै यसै वर्षको सिए आइकन द्वारा लिएकोे अन्तिम परीक्षामा मेरिल्याण्ड सिए एकेडमीकी छात्रा शालु अग्रवालले बोर्ड प्रथम गरेकी छिन् । यस बाट पनि के प्रमाणित हुन्छ भने मेरिल्याण्डले विराटनगरलाई शैक्षिक हब बनाउन ठूलो योगदान पु¥याएको छ । उत्कृष्ट शैक्षिक वातावरण, कडा अनुशासन, डेडीकेटेड फ्याकेल्टी, एडेक्वेट क्यारियर डेबलपमेन्ट अवसर, निरन्तर सुपरिवेक्षण मेरिल्याण्डका केहि सफलताको शुत्र भएको प्रिन्सिपल लक्ष्मण ढकाल बताए ।

‘एक उत्कृष्ट शैक्षिक संस्थाको मापन गर्ने मध्यम उक्त संस्थाबाट पास भएर गएका बिधार्थीहरु हुन्,’ प्रिन्सिपल ढकालले भने, ‘मेरील्याण्ड पढेर गएका विद्यार्थीहरु देश विदेशमा हासिल गरेको सफलता नै हो । यहाँबाट पासआउट भएका विद्यार्थी विभिन्न ओदामा पुगेका छन् । समयको माग अनुसारको शिक्षा विद्यार्थीको उन्नयनको लागि सधै नयाँ योजना ल्याउनुले पनि मेरिल्याण्ड अग्रिणी संस्था बन्न सकेको हो ।’

मेरिल्याण्ड बाट पास भएर गएका बिधार्थीहरु नेपालका उत्कृष्ट सुचिमा पर्ने सरकारी तथा प्राईभेट सबै बैंकहरुमा कार्यरत छन् । त्यस्तै आफ्नै ब्यापार ब्यबसाय गरेर बसेका छन् । ‘उच्च शैक्षिक वातावरण रहेको र विद्यार्थीलाई करिअर डेभलपमेन्ट अपरचुनिटीको प्रचुर सम्भावना रहेको यो कलेज हाल पनि काठमाडौं बाहिरका उत्कृष्ट कलेजमा पर्दछ,’ कलेजका प्रिन्सिपल ढकालले भने, ‘दक्ष, अनुभवि र सँधै माया र हौसला दिने प्रध्यापक र शिक्षकहरु रहनु पनि यो कलेजको सफलता हो ।’ अहिले पनि मेरिल्याण्डबाट पास भएका विद्यार्थीहरु देश विदेशमा नाम राख्न सफल छन् ।

कलेजले विद्यार्थीलाई नियमित मूल्यांकन गरी वर्षै भरी विशेष कोचिङको व्यवस्था गर्ने कलेजमा शतप्रतिशतसम्म छात्रवृत्तीको पनि व्यवस्था छ । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले विराटनगरका मात्र नभएर पूर्व मेचीदेखि मधेश प्रदेशको जनकपुर, सिरहा, सप्तरी, बागमती प्रदेश र अन्य विभिन्न जिल्लाहरूका विद्यार्थीको रोजाई नै मेरिल्याण्ड बनेको छ ।

प्रसस्त भौतिक पूर्वाधार, सीसी क्यामरा जडित सुहाउँदो कक्षा कोठाहरूमा विद्यार्थी भयरहित वातवरणमा अध्ययन अध्यापन गर्दै आएका छन् । शुद्ध पिउने पानी, स्वस्थकर क्याफेटेरिया, विद्यालयले स्थानिय र टाढाका विद्यार्थीको सहजतको लागि कलेजको यातायतको व्यवस्था गरेको छ । दिनभरी अध्ययन गरेपछि गन्तब्यसम्म पु¥याउन कलेजमा १८ वटा बस रहेको छ । सुविधासम्पन्न अत्याधुनिक कम्प्यूटर ल्याब रहेको छ । वर्षभरिनै विद्यार्थीहरुलाई निः शुल्क कोचिङको व्यवस्था, शैक्षिक अभिवृद्धिका लागि निरन्तर शैक्षिक परामर्श, विद्यार्थीहरूमा भएका प्रतिभा प्रस्फटन गराउन अतिरिक्त क्रियाकालपहरूको साथै निरन्तर कृति विकास प्रशिक्षण मेरिल्याण्का प्रमुख विशेषता हुन् । यसरी गुणस्तरीय शिक्षासँगै, समयसापेक्ष व्यवहारिक र रोजगारमुखी शिक्षा दिएको कारणले अभिभावक र विद्यार्थीको रूचाइमा मेरिल्याण्ड परेको कलेजका अध्यक्ष गुणराज ढुंगेलले बताए ।

मेरिल्याण्ड कलेज देरभरकै वेष्ट १० प्लस टु को सूचिमा परेको थियो । तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद् र हालको राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा हासिल गरेको शैक्षिक परिणाम, शैक्षिक संस्थाले पूर्वाधारमा गरेको लगानी, पछिल्ला केही वर्षयता केन्द्रविन्दु नामक सञ्चार माध्यमले गरेको अध्ययन र अनुसन्धान गरेको थियो । सोही अनुसन्धानका आधारमा मेरिल्याण्ड उत्कृष्ट १० भित्र समेटिएको हो । कान्तीपुर पब्लिकेशनको एक दशकको मुल्याङ्कन र विभिन्न सरकारी तथा गैर सरकारी संस्थाको मुल्याङ्कनमा पनि मेरिल्याण्ड नेपालभरिका सात हजार भन्दा बढि मा। बि। मध्य सधैँ उत्कृष्ट दशमा पर्दै आएको छ ।

प्रत्येक बर्ष करिब नौ सय विद्यार्थी मेरील्याण्डमा भर्ना हुने गरेका छन् । अहिलेसम्म करिव १७ हजार विद्यार्थी प्लस टुमा र विविएसमा करिव २ हजार विद्यार्थी उतिर्ण गराउँन सफल भएको छ । कोशी प्रदेश र मधेश प्रदेशका बिधार्थिहरुको पहिलो रोजाई पनि मेरिल्याण्ड रहेको जनकपुरका श्याम महतोले बताए । व्यवस्थापन शिक्षा अब्बल कलेज भएकोले कारणले छोरालाई मेरील्याण्डमा पढाइको उनले बताए । विराटनगर शैक्षिक हब प्रमाणित भैसकेको र शैक्षिक हब बनाउन मेरिल्याण्डले खेलेको भूमिका समाजले उच्च मुल्याङ्कन गरेको कुरा जग जाहेर छ । ‘मेरिल्याण्ड कलेजले विद्यार्थीलाई महत्व दिने कुराले म अत्यन्त प्रभावित छु,’ जनकपुरबाट अध्ययनका लागि मेरिल्याण्ड आएकी आयुषा साहले भनिन् । त्यस्तै धनकुटाका अभिभावक किशोर राईले आफ्नो छोरीले स्कुलभन्दा राम्रो पढेको भन्दै खुसी व्यक्त गरे ।

यस वर्षदेखि होटल म्यानेजमेन्ट पनि संचालन गरिने भएको छ । गत वर्षको कक्षा १२ को राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको नतिजा अनुसार देशभरीमै मेरिल्याण्डका विद्यार्थीले ९७।३७ प्रतिशत ल्याएर सर्वोत्कृष्ट भएको थियो

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल