Birat Post मंगलबार, आषाढ १९, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं,१८ असार। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमालेबीच सहमति भएको दाबी गरेका छन्।

मंगलबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकबारे जानकारी दिँदै उनले देशमा अस्थिरताको शृङ्खला लामो समय गुज्रिएकाले व्यवस्थाको रक्षाका लागि सहमति भएको दाबी गरे।

प्रवक्ता महतले पहिलो चरणमा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठबन्धन गर्ने र दोस्रो चरणमा देउवाको नेतृत्वमा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको बताए।

उनले कांग्रेसले एमालेसँगकाे सहमति अनुमाेदन गर्न कार्यसम्पादन समितिकाे बैठक आह्वान गरेकाे जानकारी पनि दिएका छन्।

कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने सहमति साेमबार मध्यरातमा भएको हाे।

दुई दलका दोस्रो तहका नेताहरुले राति नै लिखित सहमतिको मस्यौदा पनि तयार गरेका छन्। दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने सहमति भएको छ।

सम्बन्धित

ताजा अपडेट
पार्टी एकताको प्रस्ताव पछि लिङ्देन र थापा बिच भनाभनको स्थिति
बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो कार्यसूची बनाएर काम गर्नूस् : अर्थमन्त्री विष्णुप्रसाद पौडेल
कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल