Birat Post मंगलबार, आषाढ १८, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ,१८ असार । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभाका निवर्तमान सदस्य जितेन्द्रनारायण देव नेकपा एमालेमा प्रवेश गरेका छन् ।देवलाई सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका देव संविधान सभा सदस्य तथा राष्ट्रिय सभा सदस्यसँगै पर्यटनमन्त्रीसमेत बनेका थिए ।

एमाले विभाजनपछि एमालेपछि मालेमा लागेका देव मधेस आन्दोलनपछि मधेसी जनअधिकार फोरम हुँदै फोरम लोकतान्त्रिकबाट मन्त्रीसमेत बनेका थिए ।उनी संविधान सभाको दोस्रो कार्यकाल सकिएपछि कांग्रेसमा प्रवेश गरेका थिए । कांग्रेसमा आएपछि उनी ६ वर्ष राष्ट्रिय सभा सदस्य भएका थिए । कांग्रेसबाट अब माथि लागिने नदेखेपछि देव पुनः एमालेमै फर्किएका हुन् ।

 

सम्बन्धित

ताजा अपडेट
नेपाल भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक, कुन देशका धेरै ?
षष्टिका वस्नेत सूचनाकाे अधिकार र प्राेत्साहन पुरस्कार बुढाथाेकी र भण्डारीलाई
आज प्रेस स्वतन्त्रता दिवस

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: biratpost@gmail.com 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

biratpost@gmail.com

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल