Birat Post सोमबार, आषाढ १८, २०८१ मा प्रकाशित

featured photo: Birat Post

बेलबारी,१७ असार । मोरङका स्रष्टा नवराज पोखरेलको मुक्तक कृति नवशिलाको परिचर्चा, रचना वाचन तथा दही चिउरा कार्यक्रम सम्पन्न भएकोछ। गत शनिबार बेलबारी साहित्य बिकास समिति, बेलबारी मोरङद्वारा स्रष्टा पोखरेलको कृति नवशिलाबारे परिचर्चा गरिएको हो । कृति नवशिला २०८० साल फागुन १९ गते हामी र हाम्रो कृति समाजको संयोजनमा लीलाध्वज थापा साहित्य प्रतिष्ठानमा लोकार्पण भएको थियो।

उक्त कृति लोकार्पण भएको करिव ४ महिना पछि आफ्नो गृह नगरमा परिचर्चा कार्यक्रमका् आयोजना भएको हो। बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राइको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्तकार्यक्रममा बेलबारी साहित्य बिकास समितिका अध्यक्ष रमेश निरौलाको सभापतित्व रहेको थियो। उक्त कार्यक्रममा जनगायिका तथा संविधान सभा सदस्य मधु गुरुङ, बरिष्ठ साहित्यकार हर्कमान तामाङ, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ विवश पोखरेल, बरिष्ठ कवि नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेश अध्यक्ष बाबुराम पोखरेल, साहित्यकार तथा भाषाविद् आचार्य अमृत, पत्रकार अनुसन्धाता साहित्यकार केशु विरही, प्रगतीशिल लेखक संघकि कोसी प्रदेश अध्यक्ष तिला लेकाली, साहित्यकार इरान राई, बेलबारी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रेखा सुवेदी, साहित्यकार समिक्षक भवानी प्रसाद पोखरेल, कृतिकारका माता पिता दुर्गादेवी पोखरेल तथा लक्ष्मी प्रसाद पोखरेल, कण लघु कथा मञ्चका अध्यक्ष दिप मग्राती, कृति का प्रकासक कृतिकारकि श्रीमती शिला पोखरेल, पत्रकार अर्जुन कुलुङ राई, निरज खवास लागायत सयजना भन्दा बढि साहित्यिक स्रष्टा तथा साहित्यमा रुचि राख्ने ब्याक्तिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथिले ब्यानर पढेर कार्यक्रम को उद्घाटन गर्नु भएको थियो भने बेलबारी साहित्य बिकास समितिका सह सचिव राजु परियारले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो। कार्यक्रममा पत्रकार साहित्यकार तथा अनुसन्धाता केशु विरहीले स्रष्टा पोखरेलको ब्यक्तिगत परिचय सहित नवशिला कृति रचना गर्भको बारेमा स्पस्ट पार्नुभएको थियो। प्राज्ञ विवस पोखरेल तथा बरिष्ठ कवि नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेश अध्यक्ष बाबुराम पोखरेलले कृतिको बारेमा चर्चा तथा टिप्पणी गर्नुभएको थियो। उक्त कार्यक्रममा बरिष्ठ साहित्यकार हर्कमान तामाङ, साहित्यकार तथा भाषाविद् आचार्य अमृत, तिला लेकाली, भवानी प्रसाद पोखरेल लगायत स्रष्टाहरुले कृतिकारलाइ शुभकामना दिँदै रचना वाचन गर्नु भएको थियो। कृतिकारकि छोरी नीकिशारानी पोखरेल, मुक्तककार एकराज भट्टराई, दिप मग्राती , सुन्दर भट्ट लगायत स्रष्टाहरुले नवशिला कृतिबाट समेत रचना वाचन गर्नु भएको थियो।

कार्यक्रममा स्रष्टा नवराज पोखरेलले सबै उपस्थित ब्यक्तिहरुलाई धन्यवाद दिँदै आगामी दिनमा साहित्यमा निरन्तर लागेर आफूलाइ परिस्कृत परिमार्जित र अध्ययनशिल बनाएर अझ अब्बल सृजना गर्ने बारेमा आफ्नो धारणा राख्नु भएको थियो। प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राईले स्रष्टाले रचना सृजना गर्दा परिवर्तन सँगै सामाजिक परिवेशलाइ समेत मध्य नजर गर्दै सबैलाइ जुटाउने सृजना गर्न आग्रह गर्नुभएको थियो। कार्यक्रमको समापनमा सस्थाका अध्यक्ष रमेश निरौलाले यस प्रकारका चर्चा कार्यक्रमले स्रष्टालाइ स्थानिय स्तर चिनाउनुका साथै आगामी कृति प्रकासन गर्दा आफुलाई अझ निखारेर लेख्न सक्ने धारणा ब्यक्त गर्दै सबै उपस्थित ब्यक्तित्वहरुलाई धन्यवाद ब्यक्त गर्नुभएको थियो।

कार्यक्रमका कार्यक्रमलाइ सहयोग गर्ने माता पाथिभरा पोल्ट्री सप्लायर्स तथा सुनगाभा फिड प्रालीका निर्देशक सन्तोष नेउपाने तथा प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुखलाई कार्यक्रमका सभापती तथा स्रष्टा द्वयले मायाको चिनो हस्तान्तरण गर्नु भएको थियो। कार्यक्रम लाइ सस्थाका सदस्य द्वय उमा सिजापती तथा शिव सहयात्रीले कुशलतापुर्वक सञ्चालन गर्नुभएको थियो।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल