Birat Post मंगलबार, आषाढ १२, २०८१ मा प्रकाशित

featured photo: Birat Post

झापा,११असार ।  झापाको बुद्धशान्ति १ मा रहेको बुद्ध आदर्श माध्यमिक विद्यालयका कक्षा ७ का रबरको पाइपले विद्यार्थी कुट्ने डिसिप्लिन इन्चार्ज विवेश भण्डारीलाई विद्यालयले निलम्बन गरेको छ।

सोमबार दिउँसो विद्यालय व्यवस्थापन समितिको बैठकले भण्डारीलाई एक महिनाका लागि निलम्बन गरेको व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारीले जानकारी दिए।

उनका अनुसार एक महिनाभित्र उनले समितिमा लिखित स्पष्टीकरण दिनु पर्नेछ। स्पष्टीकरण चित्तबुझ्दो नभए निष्कासन गरिने तिवारीले बताए।

विद्यालयले भण्डारीलाई कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेपछि सोमबार बिहान अभिभावकहरूसंग सहमति भएको थियो। विद्यालयमा खेलकुद तथा अनुशासन कायम राख्न भनेर निजी स्रोतमा विद्यालय व्यवस्थापन समितिले मार्सल आर्ट खेल्ने विवेश भण्डारीलाई डिसिप्लिन इन्चार्ज (डिआइ) राखेको थियो।

आइतबार उनले कक्षा ७ का विद्यार्थीहरूलाई रबरको पाइपले प्रहार गरेका थिए। विद्यार्थीहरूको शरीरमा नीलडाम बसेको छ। एक जना विद्यार्थी अस्पताल भर्ना भएका थिए।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल