Birat Post सोमबार, आषाढ ११, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१० असार /मोरङको कटहरी गाउँपालिका भित्र रहेको सामुदायिक विद्यालयहरूलाई प्रविधिमैत्री बनाएर शिक्षण सिकाइ उपलब्धीमूलक बनाउन गाउँपालिका लागि परेको छ ।
प्रविधिको उपयोग गर्दै विद्यालयको शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन गाउँपालिका भित्र रहेको १९ वटा सामुदायिक विद्यालयलाई प्रविधिको प्रयोग हुन थालेको हो ।

कटहरीमा रहेको ३ मावि र १६ वटा सामुदायिक विद्यालयहरुलाई प्रविधिमैत्री बनाए अगाडी बढाउन पालिका लागि परेको कटहरी गाउँपालिका अध्यक्ष देबराज चौधरीले बताए । प्रविधिको उपयोग गरेर शिक्षण सिकाइ उपलब्धी बनाउन लागि परेको उनले बताए । तेही अनुसार गाउँपालिकाले आइतबार एलइडी, खेलकुदका सामाग्री, शैक्षिक सामाग्रीलगायतका विभिन्न सामाग्रीहरु बितरण गरेको छ । केही दिन भित्रमा वाइटबोर्ड पनि बितरण गर्दैछ । यसअघि पनि यहाँको सामुदायिक विद्यालयहरुलाई कम्प्युटर र प्रिन्टर वितरण गरेको छ ।

गाउँपालिकाले विद्यालयहरुमा डिजिटल हाजिरीको शुरुवात गरेको छ । डिजिटल हाजिरीबाट शिक्षक कर्मचारीलाई विद्यालयमा नियमित उपस्थितिका लागि सहयोग पुग्ने विद्यालयले अपेक्षा गरेको छ । शिक्षक समयमै उपस्थित हुने, पूरा समय अध्यापन गर्ने कार्य गरे शैक्षिक सुधारका धेरै सूचक पूरा हुने अध्यक्ष चौधरीले बताए । ‘कम्प्युटर कक्षा मल्टीमिडिया प्रयोग गरेर पढाउन शुरु गरिएको छ ।

गाउँपालिका भित्रका सबै विद्यालयलाई प्रविधिमैत्री बनाउने हाम्रो योजना हो । त्यसै अनुसार अहिले पालिका भित्र रहेका विद्यालयहरुमा प्रविधिका सामाग्रीहरु वितरण गरिएकोे छ,’ अध्यक्ष चौधरीले भने । प्रविधीसँग जोडेर विद्यार्थीहरुको शिक्षण सिकाइ उपलब्धी मुलक बनाउनुको साथै गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको उनले बताए । ‘शिक्षाको सार्थक परिणामका लागि गाउँपालिका लागि परेको छ ।

प्रविधिसँगै शिक्षालाई अद्यावधिक गर्नसके शैक्षिक रुपान्तरण गर्न सहज हुने छ,’ उनले भने , ‘प्रविधिसँग जोडेर विद्यार्थीहरुलाई रोजगारमुखी शिक्षा प्रदान गर्ने गाउँपालिको योजना रहेको छ । अहिले हामी यसरी योजनाबद्ध तरिकाले अगाडी बढेका छौं ।’

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल