Birat Post शुक्रबार, आषाढ ०८, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,७ असार । शैक्षिक सत्र २०८० को पठनपाठनमा अब्बल तथा जेहन्दार विद्यार्थीहरूलाई पोखरिया माध्यमिक विद्यालय विराटनगरले छात्रवृत्ति तथा सम्मानपत्र प्रदान गरेको छ। कक्षा १ देखि कक्षा १० सम्मका कक्षा प्रथम दोस्रो र तेस्रो हुने विद्यार्थीहरूलाई नगदसहित पुरस्कृत गरेको हो ।

शुक्रबार विद्यालयको सभाहलमा छात्रवृत्ति वितरण गरिएको थियो। नमुना विकास कार्यक्रम अन्तर्गत विद्यालयको आन्तरिक स्रोतबाट छात्रवृत्ति वितरण गरिएको हो। कक्षा १ देखि १० सम्मका विद्यार्थी प्रथम हुनेले रु ५ हजार दोस्रो हुनेले रु ३ हजार र तेस्रो हुनेले २ हजार का दरले छात्रवृत्ति वितरण गरिएको विद्यालयका लेखा अधिकृत खेम घिमिरे बताए । त्यसैगरी कक्षा ११ र १२ मा अध्ययनरत शिक्षा संकाय वाणिज्य संकाय र विज्ञान संकायका प्रथम हुने विद्यार्थीलाई जनही रु ६ हजारले छात्रवृत्ति वितरण गरिएको विद्यालयले जनाएको छ।

छात्रवृत्ति वितरण समारोहका प्रमुख अतिथि विराटनगर महानगरपालिका शिक्षा महाशाखा प्रमुख कृष्ण भट्टराईले विद्यार्थीहरूले पठनपाठनमा मेहनत गरेर उज्ज्वल भविष्य आफैले बनाउन आग्रह गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न छात्रवृत्ति वितरण समारोहमा विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराई,सहायक प्रधानाध्यापक महेश कुमार गौतम माध्यमिक शिक्षक नरेन्द्र न्यौपाने, राम गुरागाई लगायतले पोखरिया माध्यमिक विद्यालयले गुणस्तरीय शिक्षामा खेलेको भूमिका प्रति खुसी व्यक्त गरे। मुलुककै उत्कृष्ट नतिजा ल्याउन सफल पोखरिया माध्यमिक विद्यालयमा हाल ३ हजार ५ सय विद्यार्थीहरू अध्ययनरत छन्।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल