Birat Post शनिबार, आषाढ ०२, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१असार /विराटनगरस्थित बरगाछी–रानी सडकको सौन्दर्यकरण औपचारिक रुपमा शुभारम्भ गरिएको छ । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजना शनिबारबाट औपचारिक रुपमा सुरु गरिएको हो ।

कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, विश्वनाथप्रसाद भगत, हरिश्चन्द्र सहनी, वासुबहादुर बस्नेतसहित मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्की, सौन्दर्यकरण उपभोक्ता समितिका अध्यक्ष समाजसेवी वेनिगोपाल मुन्दडा, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, कोशी प्रदेश अध्यक्ष पवनकुमार सारडा, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, सडक सौन्दर्यकरण उपभोक्ता समितिका अध्यक्ष वेनिगोपाल मुन्दडालगायत विभिन्न क्षेत्रका व्यक्तिहरुले एकैसाथ फूलको विरुवा रापेका थिए ।

शनिबार शुभारम्भका क्रममा घाँसचोकको डिभाइटरमा फूलको विरुवा रोपिएको थियो । अन्य डिभाइडरमा पनि क्रमैसँग रोप्दै जाने मेयर नागेश कोइरालाले जानकारी दिए । बरगाछी–रानी सडक सौन्दर्यकरणका लागि विराटनगरमा सञ्चालित बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरेका छन् । परियोजना सम्पन्न गर्न ५५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । हालसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाले १४ लाख ५० हजार रुपैयाँ जम्मा गरिसकेका छन् । महानगरले सो परियोजनाका लागि छुट्टै बैंक खाता सञ्चालन गरेको छ । हालसम्म एनआईसी, एनआईएमवी, नेपाल बैंक, ग्लोबल आइएमई, कुमारी बैंक, सानिमा बैंक, कृषि विकास बैंक, नेरुडे लघुवित्त र जीवन विकास लघुवित्त वित्तीय संस्थाले रकम जम्मा गरिसकेका छन् ।

मेयर कोइरालाले विराटनगर बनाउने सबैको दायित्व भएको बताए । महानगर एक्लैले विराटनगर बनाउन असम्भव भएकाले यहाँ रहेका बैंक तथा वित्तीय संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण गर्न आह्वान गरेअनुसार सहयोग पनि प्राप्त भइरहेको मेयर कोइरालाले बताए । ५ किलोमिटर लम्बाई रहेको विराटनगर बरगाछी–रानी सडकमा ४६ वटा मेडिएम (डिभाइडर) रहेका छन् । एउटा डिभाइडरमा भने नेपाल उद्योग परिसंघ कोशी प्रदेशले सौन्दर्यकरण गरिसकेको छ ।

ऐतिहासिक सहर भएर पनि विराटनगर पछि परेको भन्दै मेयर कोइरालाले विकास निर्माणसहितका महानगरले अघि सारेका अभियानमा साथ दिन आग्रह गरे । उहाँले रोपेको विरुवाको संरक्षणमा स्थानीयवासीले समेत ध्यान दिनुपर्नेमा जोड दिए । महानगरले गठन गरेको समितिले ‘क’ वर्गका बैंकका लागि २ लाख, ‘ख’ वर्गका लागि १ लाख ५० हजार, ‘ग’ वर्गका लागि १ लाख र ‘घ’ वर्गका बैंक र लघुवित्त संस्थाहरूका लागि ५० हजार रुपैयाँ निर्धारण गरेको थियो । प्रदेश राजधानीसमेत रहेको विराटनगरमा ४२ वटा बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन् । परियोजनालाई पारदर्शी बनाउन महानगरले उद्योगी तथा समाजसेवी वेनिगोपाल मुन्दडाको संयोजकत्वमा ९ सदस्यीय उपभोक्ता समितिसमेत गठन गरेको थियो ।

 

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल