Birat Post शनिबार, आषाढ ०२, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१असार/ पोखरिया माविले आयोजना गरेको विराटनगर महानगरपालिकास्तरीय वक्तृत्वकला प्रतियोगितामा सोही विद्यालयकी छात्रा रागिनी न्यौपाने प्रथम भएकी छन् ।

‘पर्यटनको विकासका सम्भावना, चुनौती र अवसर’ विषयक वक्तृत्वकला प्रतियोगितामा १५ सामुदायिक विद्यालयका २७ प्रतिस्पर्धीलाई पछि पार्दै रागिनीले प्रथम स्थान प्राप्त गरेकी हुन् । उनले नगद ८ हजारका साथमा प्रमाणपत्र र ट्रफी हात पारिन् । त्यस्तै जनता नमुना माविकी छात्रा कमला निरौला द्वितीय हुँदा आदर्श माविकी रञ्जना कोइरालाले तृतीय पुरस्कार प्राप्त गरिन् ।

उनीहरुले क्रमशः ६ हजार र ४ हजार नगदका साथमा ट्रर्फी र प्रमाणपत्र प्राप्त गरे । गोग्राहा माविका सन्तोष अमात रायलाई चौथो पुरस्कारस्वरुप नगद २ हजारका साथमा प्रमाणपत्र र ट्रर्फी प्रदान गरिएको थियो । अग्रज साहित्यकार खेम नेपाली र कवि एवं पत्रकार मीनकुमार नवोदितको निर्णायक समितिले पुरस्कृतहरुको नाम घोषणा गरेको थियो । पुरस्कृत विद्यालय र विद्यार्थीलाई महानगरको शैक्षिक प्रशासन महाशाखाका संयोजक कृष्ण भट्टराई, निर्णायकद्वय खेम नेपाली र मीनकुमार नवोदित, आयोजक पोखरिया माविका प्राचार्य खेम भट्टराई, व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद गौतमलगायतले अविर लगाइदिएर नगद, प्रमाणपत्र र ट्रफी प्रदान गरेका थिए ।

माध्यमिक तह कक्षा ९–१० समूहको अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा महानगर क्षेत्रभित्र सञ्चालित हरेक सामुदायिक विद्यालयबाट एकजना छात्रसहित दुईजनालाई सहभागी गराइएको थियो । त्यस्तै शनिबार नै आधारभूत तह (कक्षा १–५) मध्ये चित्रकला प्रतियोगिता पनि सम्पन्न भएको छ । सो प्रतियोगितामा पोखरियाकै छात्र जयस साह प्रथम, आदर्श माविकी छात्रा दृष्टि राजवंशी द्वितीय, मिल्स माविका रमित परियार तृतीय र महामाया भगवती आवासीय माविकी रजनीकुमारी चौधरी चौथो भइन् ।

उनीहरुलाई विद्यालयका तर्फबाट क्रमशः ६, ४, ३ र २ हजार नगद राशिसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । यस वर्षको सामुदायित्व विद्यालयतर्फ देशभरबाट सर्वोत्कृष्ट हुन सफल पोखरिया माविले पाठ्यक्रमको पढाइसँगै अतिरिक्त क्रियाकलापलाई पनि उच्च प्राथमिकतामा राख्दै आएको प्राचार्य खेम भट्टराई बताए । केही समयअघि महानगरस्तरीय अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता पनि सम्पन्न गरेको उनले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल