विराटनगर,३२ जेठ ।
दिव्य सन्त घनश्यामदास जी महाराजद्वारा भइरहेको श्रीमद्भागवतको प्रवचन सुन्न विराटनगरमा भक्तजनहरुको भिड लाग्न थालेको छ ।
विराटनगरको सिटी प्यालेसमा यही जेठ २७ गतेवाट शुरु भएको प्रवचन तथा रसमय संकीर्तन कार्यक्रममा भक्तजनहरुको भिड लागेको हो । घनश्याम दास जी महाराज जगद्गुरु श्री कृपालु जी महाराजका छोरा हुनुहुन्छ । उहाँ आफुलाई आत्मज भन्न रुचाउनु हुन्छ ।
उहाँ संगको भेटलाई विरलै मानिने गरिन्छ । उहाँको प्रवचन सुन्न विभिन्न जिल्लाका मानिसहरु आउनेक्रम रहेको आयोजक समितिका अध्यक्ष भीखमचन्द सरलले जानकारी दिए । श्रीमद्भागवतको प्रवचन असार ३ गते सम्म चल्ने सरलले बताए ।
श्रीमद्भागवतको प्रवचन स्थलको व्यवस्थापन आयोजक समितिका प्रमुख सल्लाहकार भगवानदास राठीले गरेका छन् । यसका अलावा राठीले प्रसादको व्यवस्थापनमा समेत सहयोग गरेका छन् । उनले यो कार्यक्रममा सहभगी बनेर पुण्य लाभ गर्न भक्तजनहरुसंग आग्रह गरेका छन् ।