विराटनगर,२२ जेठ । शैक्षिक परामर्शदाताकोरुपमा स्थापित केआइइसीले विराटनगरमा ‘रोडशो’ गर्ने भएको छ । अस्ट्रेलिया र युकेमा अध्ययन गर्न चाहने विद्यार्थीहरुको लागि केन्द्रित गर्दै आगामी जुन ११ मा आफ्नै अफिस महेन्द्र चोकमा रोडशो गर्न लागेको हो ।
अध्ययनका लागि त्यहाँ गएपछि पढ्नको लागि अवसरका कुरा, त्यहाँका विश्वविद्यालयको बारेमा जानकारी दिने, त्यहाँको बस्ने वातावरणलगायतको बारेमा जानकारी दिने उद्देश्यले रोड शो गर्न लागेको केआइइसी विराटनगर अध्यक्ष मनिष सोनीले जानकारी दिए ।
रोडशो मा कुन विश्वविद्यालय छनौट गर्ने, आफूले सकेको क्षमताअनुसार विद्यालय छान्ने, पारिवारिक विद्यार्थीहरुले कसरी छनौट गर्ने आदि कुराको बारेमा जानकारी दिइनेछ । देशभर विभिन्न १५ वटा शाखा तय गरेर काम गरिरहेको केआइइसीले गर्ने रोडशो मा कोशी प्रदेशका धेरै विद्यार्थीहरुको सहभागिता रहने विश्वास व्यक्त गरेको छ ।
‘