सुरज नेपाल
विराटनगर,१९ जेठ । विराट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था मानगढ खानेपानि आयोजनाको कार्यसमिति निर्वाचनमा धादली भएको भन्दै विरोध सुरु भएको छ ।
जसका कारण निर्वाचन प्रक्रियानै अवरुद्ध बन्न पुगेको छ । निर्वाचनमा सहभागी उम्मेदवारका प्रतिनिधिहरु वीच भएको विवादका क्रममा केही मानिसहरु घाइते भएका छन् । स्वच्छ र स्वतन्त्ररुपमा निर्वाचन गराउन नसकेको भन्दै वर्तमान कार्यसमितिको विरोध समेत भएको छ ।
यसैक्रममा नेपाली कांग्रेस नगरका सचिव तेजेन्द्र भट्राई प्रहरीको घम्साघम्सिमा परेर घाइते भएको हाम्रा समाचारदाता सुरज नेपालले जानकारी दिएका छन् । निर्वाचन प्रक्रियामा गलत प्रक्रिया अपनाइएको, फर्जी मतदाताहरुले मतदान गरेको भन्दै दुर्गा चापागाई समुहको प्यानलले विरोध गरिरहेको छ ।