Birat Post शनिबार, जेठ १९, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१९ जेठ । नोवेल साकोस साहित्य संस्था विराटनगर शाखाले सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । शनिबार विराटनगर–११ स्थित नेपाल विजिनेस कलेजमा आयोजना गरेको कार्र्यक्रममा बाल कलाकार आज्ञा राईलाई सम्मान गरिएको थियो ।

कलाकार राईलाई अग्रज साहित्यकार देवी पन्थी, मधु पोखरेल, वडाध्यक्ष तीर्थेन्द्र नेउपानेलगायतले माला र अविर लगाएर सम्मानपत्र प्रदान गरेका थिए । त्यसैगरी सोही अवसरमा संस्थाले साहित्यकार मञ्जु घिमिरे दाहालको नेतृत्वमा कार्यसमितिको पुनर्गठनसमेत गरेको छ । समितिको उपाध्यक्षमा भूपाल अधिकारी, सचिवमा सुजाता राई, सहसचिवमा रेनुका राई र कोषाध्यक्षमा ऋषि तिवारी चयन भए ।

त्यस्तै किस्मत खतिवडा, म्यामराज राई, शान्ता भट्टराई, मुस्कान पन्त, फुलु प्रधान र कुमार श्रेष्ठ सदस्यमा छानिए । डा. देवी पन्थी, भरत गुरागाईं, बाबुराम पोखरेल, मधु पोखरेल, सीता लामिछाने, प्रमोद ढकाललाई कार्यसमितिको सल्लाहकारमा मनोनित गरिएको संस्थाका केन्द्रीय संस्थापक अध्यक्ष राजन न्यौपानेले जानकारी दिए ।

कार्यक्रममा वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, प्रेस युनियन कोशी प्रदेशका अध्यक्षसमेत रहनु भएका कवि मीनकुमार नवोदित, डियर कल्याण प्रतिष्ठान इटहरीका अध्यक्ष विनोद विवश, साहित्यकार छवि बैरागी, हरि कट्टेल, हरिप्रसाद बराललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा दुई दर्जनभन्दा बढी कविहरुले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल